Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कांग्रेस र कम्युनिष्ट पार्टी चिन्तामा, बीजेपीको हकमा ‘अच्छे दिन’

काठमाडौं । भारतमा बिभिन्न ५ राज्यको विधानसभा चुनावको मतगणना पछि आएको परिनामले त्यााहाका भारतिय कांग्रेस पाटी र कम्युनिष्ट पार्टीलाई चौतर्फी चिन्ता बढाएको छ । भने केन्द्रिय सत्तासिन भारतिय जनता पार्टीको हकमा उस्को स्टार नेता नरेन्द्र मोदीले भने जस्तै ‘अच्छे दिन’ आएको छ ।
पश्चिम बंगालमा वाममोर्चा र कांग्रेस आइको गठबन्धनलाई पछाडि पार्दै ममता ब्यानर्जी नेतृत्वको तृणमूल कांग्रेसले बिजाय हासिल गरेको छ । भने असममा भारतिय जनता पार्टीले जित हासिल गरेको छ । ममता ब्यानर्जीको पार्टीलाई हराउन भन्दै पश्चिम बंगालमा कांग्रेस र कम्युनिष्टहरु एकिकृत भएका थिए । तर, चुनावी नतिजा आउँदा ममता पुनः सत्तामा रहने गरी निर्वाचित भएको छ ।
असममा कांग्रेस आइलाई हराउदै बीजेपीले जित हासिल गरेको छ । असममा बीजेपीले पहिलोपटक सत्ता हात पार्न लागेको हो । उता, वामपन्थीहरुको पुरानो गढ मानिने केरलमा वामपन्थी गठबन्धनले झिनो मतले अग्रता हासिल गरेको छ ।  तामिलनाडूमा जयललिता पुनः मुख्यमन्त्री बन्ने गरी जित हासिल गरेकी छन ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्