Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानको सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै निवेदन पर्ने क्रम रोकिएको छैन् । भष्ट्राचारविरुद्धको अभियान नेपालका सुमन श्रेष्ठले तेस्रो पटक निवेदन दिएका हुन् ।

श्रेष्ठले करिब दुई महिना पहिले अख्तियारका सूचना अधिकारीलाई निवेदन दिएर कार्कीको सम्पत्ति विवरण माग गरेका थिए । उनको सम्पत्ती विवरण सार्वजनिक नभए पछि श्रेष्ठले पटकपटक सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन दर्ता गराएका हुन् ।

कार्कीको सम्पति सार्वजानिक नभएको भन्दै श्रेष्ठले बुधबार, अर्को निवेदन दर्ता गराएका हुन् । निवेदन दर्ता गराएपछि श्रेष्ठले विज्ञप्ति जारी गर्दै अख्तियारका प्रमुख आयुक्तले सम्पत्ति विवरण सार्वजनिक नगरी अपारदर्शी व्यवहार प्रदर्शन गरेको भन्दै त्यसमा अन्य आयुक्तहरू मौन बस्दा अख्तियारकै सम्मानमा प्रश्न उठेको बताएका छन् ।

‘भ्रष्टाचार निवारणका लागि सर्वप्रथम भ्रष्टाचारविरोधी निकायहरू नै पारदर्शी रुपमा चल्नुपर्ने बुझाइका साथ मैले दुई महिनादेखि अख्तियार प्रमुखको जवाफदेहिता र पारदर्शिता माग गरिरहेको छु’, तर सुनुवाइ भएन विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्