Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथा चढ्ने पहिलो दम्पत्ति भएको दाबी गर्नेमाथि छानबिन सुरु

35C91D0D00000578-3666310-image-a-25_1467217350317काठमाडौं । सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडीका रुपमा दाबी प्रस्तुत गरेपछि अहिले भारतीय प्रहरीले दिनेश राठौर र तार्केश्वेरी राठौरको छानविन थालेको छ । यो दम्पत्तीले २३ मेइमा सगरमाथा आरोहण गरेको दाबी गरेको थियो । तर केही सगरमाथा आरोहीहरुले उनीहरुको दाबी झुठो रहेको भन्दै उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका छन् ।

राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी छ । यता तार्केश्वरीले आफ्ना श्रीमान्सँग सगरमाथाको चुचुरोमै पुगेको बताएकी छिन् । भारतको पश्चिमी शहर पुनेमा यो जोडी समेत प्रहरीमै कार्यरत भारतको पश्चिमी शहर पुनेमा यो जोडी समेत प्रहरीमै कार्यरत । पुणेको प्रहरीले यस विषयमा छानविन भइरहेको जनाएको छ । नेपालको पर्यटन तथा पर्वतारोहण विभागले उनीहरुलाई सगरमाथा चढेको प्रमाणपत्र दिइसकेको छ ।

राठौरले यसअघि जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थए । पुणेका एक आरोही सुरेन्द्र सिल्के उनीहरुले सगरमाथा चढेको मान्न तयार छैनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य हुन् । यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका छन् ।

Indian-climberयता, काठमाडौँस्थित मकालू एडभेन्चरले बिबिसीसँगको कुराकानीमा यस दम्पत्तीले सगरमाथा चढेको बताएको छ । उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन मकालू एडभेन्चरले गरेको थियो । यस कम्पनीका मोहन लम्सालले भनेका छन् –‘ उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् ।

उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालका अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनिया भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्