Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जेन्टिनामा मेस्सीको शालिक: अर्जेन्टिनाका राष्ट्रपतिले आगामी साता भेट गर्ने

Messiiiब्युनोस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो मार्सीले लियोनल मेस्सीसँग आगामी साता भेट गर्ने बताएका छन् । उनले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्काउने समेत बताएका छन् ।

मेस्सीले सन्यास घोषणा गरेपछि उनीसँग टेलिफोनमा कुराकानी भएको समेत मार्सीले बताएका छन् । यसअघि चिलीसँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले सन्यास लिएका थिए ।

प्रतियोगितापछि मेस्सी सोमबार अर्जेन्टिना फर्किएका छन् । तर उनले आफ्नो निर्णयका विषयमा केही बोलेका छैनन् । यता राष्ट्रपति मार्सीले मेस्सीलाई सन्यास नलिन आग्रह गरिसकेका छन् ।

१३ वर्षको उमेरमै अर्जेन्टिना छाडेर स्पेनको बार्सिलोना पुगेका मेस्सी बेला बेलामा राष्ट्रिय टोलीका लागि राम्रो नखेलेको भन्दै आलोचनाको शिकार हुन्छन् ।

म्याराडोनासँग तुलना गरेर पनि मेस्सीको आलोचना हुन्छ । म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्ज्टिनालाई विश्वकप जिताएका थिए ।

‘हाम्रा लागि विश्वकै उत्कृष्ट खेलाडी उपहारका रुपमा भगवान्ले दिएका छन् । त्यसमा हामी साँच्चै भाग्यभानी छौ किनकी हाम्रो देश फुटबलप्रेमीको देश हो ।’– राष्ट्रपति मार्सीले बताएका छन् ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्