Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाखौं नेपाली लाभान्वित हुने, भारतमा बढ्यो तलब

india-flag-290x192काठमाडौ। भारतमा रहेका सरकारी जागिरेको तलव र पेन्सनरको पेन्सन रकम ह्वात्तै बढेको छ ।

भारतको केन्द्रिय सरकारको मन्त्रीपरिषद्ले त्यहाँको वेतन आयोगको प्रस्ताव स्वीकृत गर्दै कर्मचारीको तलवमान बढाउने घोषणा गरेकासंगै त्यहाँ रहेका लाखौ नेपाली लाभान्वित भएका छन् ।

भारतले कर्मचारीको २३ प्रतिशत र पेन्सनरको २४ प्रतिशत पेन्सन बढाएको हो । यसवाट त्यहाँ कार्यरत २ लाख ५० हजारभन्दाबढी नेपाली लाभान्वित हुने भएका छन् ।

यस्तै, भारतीय सेनामा कार्यरत ५० नेपाली र एक लाख ५० हजार पेन्सनर पनि यो सुविधावाट लाभान्वित हुने छन् । भारतले नेपालमा पेन्सनका लागि मात्र ३५ अर्ब रुपैयाँ भन्दा वढी रकम खर्च गर्दै आएको छ । यो व्यवस्था आगामी जनवरीवाट लागु हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्