Logo
२ भाद्र २०७९, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काबुलमा फेरी अर्को आत्मघाती विष्फोट, ४० जनाको मृत्यु

powerful-kabul-bomb
काबुल, एजेन्सी । अफगानिस्तानको राजधानी काबुल नजिक भएको आत्मघाती आतंककारी बम विष्फोटमा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस प्रहरी अधिकृतहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा प्रहरी अधिकृतहरु चढेको गाडीमाथि दुई बम विष्फोट गराइएको थियो ।

पागमान डिस्ट्रिक्टका गभर्नर हाजी मोहम्मद मुसा खानले विस्फोटमा थुप्रै व्यक्तिहरु घाइते भएको बताए । बम विष्फोटको जिम्मेवारी तालिवानले लिएको छ ।

हालै मात्र काबुलमा नेपाली सुरक्षा गार्डहरु चढेको बसमा तालिबानी आतंककारीले आत्मघाति विष्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्