Logo
१३ बैशाख २०८१, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महराको खुलासा : लोकमानसिंह प्रधानमन्त्री र खिलराज रेग्मी राष्ट्रपति

krishna_bahadur_mahara-555x335काठमाडौं । सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जसरी ढाल्नुपर्छ भन्ने अभियान थालेको दावी गर्दे राजनीतिक भेटघाटलाई तिब्र बनाएको खुलासासगै माओवादी नेता कृष्णबाहादुर महराले नयाँ खुलासा गरेका छन ।

पछिल्लो समय देवले मंगलबार विहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नारायणकाजि श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मासँग गोप्य भेटघाट गरेका छन् । काठमाडौं अवस्थित् एक नेताको घरमा भएको उक्त भेटघाटमा नेताहरुले डरलाग्दो कुराको खुलासा गरेका छन् ।

लोकमानसिंह प्रधानमन्त्री र खिलराज रेग्मी राष्ट्रपति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका समेत विश्वापात्र रहेका नेता कृष्ण बहादुर महराले त राष्ट्रिय सहमतिको सरकार निर्माण नगरिए तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न असम्भव रहेको कुरा औल्याउँदै चुनाव नभए अख्तियार अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई प्रधानमन्त्री र पूर्व अन्तरिम परिषदका अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने परिस्थिति समेत आउने सक्ने खुलासा गरेका थिए । महराको उक्त खुलासासँगै बैठकमा तरङ् पैदा भएको सहभागी एक नेताले जानकारी दिए ।

महराले दलहरुवीच सहमतिको वातावरण नबने मुलुक संवैधानिक संकटमा फस्न सक्ने भन्दै उक्त संकटबाट बचाउन समेत त्यस्तो विकल्प अपनाउनुपर्ने अवस्था आउनेवारे चर्चा गरेका थिए । नेताहरुवीच पछिल्लो एक हप्तादेखि लगातार यीनै विषयमा छलफल भैरहेको बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

Devप्रधानमन्त्री ओलीको विकल्प खोजिनुपर्छ

नेता देव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा राजनीतिक लविङ् गर्दै आएका छन् । उनले सहमतीय सरकारको नेतृत्व प्रचण्डले गर्नुपर्ने समेत बताउँदै आएका छन् । प्रचण्डको नेतृत्वमा सहमति बन्न नसके काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा भएपनि सरकार बनाउनुपर्ने उनको योजना रहेको र सोही अनुरुप गृहकार्य गरिरहेका छन् ।

गोप्य भनिएको उक्त बैठकमा सहभागी नेताहरुले गठबन्धनको बारेमा विशेष चर्चा गरेका थिए । त्यतिमात्रै नभएर उनीहरुवीच नेपाल भारत सम्बन्ध सुमधुर बनाउनुपर्नेवारेमा समेत छलफल भएको स्रोतको दाबी छ ।

भारतसँगको सम्बन्ध सुधार्नुपर्छ

बैठकमा पूर्वउपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठले नेपाल भारत सम्बन्ध सुमधुर बनाउनुको विकल्प नभएको जिकिर गरेका थिए । उनले भारतसँग सम्बन्ध विगार्न नहुनेबारे आफ्नो धारणा राखेका थिए । त्यतिमात्रै नभएर नेता श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्