Logo
१५ बैशाख २०८१, शनिबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षमायाचना अभियानबालाहरुको ध्यान कता ? उपचार अभावका कारण मुसहर यूवाको मृत्यू

?????????????????????????????????????????????????????????

काठमाण्डौ । मधेशमा सस्तो लोकप्रियताका नाममा केहि सिमित ब्यक्तीहरुले जतिसुकै क्षमाअभियान चलाइरहेका हेस तर धनुषा जिल्ला स्थित रघुनाथपुर वडा नम्बर ५ का १५ वर्षीय विजय सादा मुसहरको उपचार अभावका कारण मृत्यु भएको छ ।

उनका परिवारका अनुसार उनका उपचारका लागि सहयोगको याचना सबैसग गरियो तर खासै सहयोग नपाएपछी उचचार अभावकै कारण उनको मृत्यु भएको हो । विगत तीन महिनादेखि विरामी परेका सादाको घरको आर्थिक अवस्था कमजोर त थियो नै अझ उनको उपचार गराउदा गराउदै अझ दरदर बनेको छ ।

स्थानिय केहि गाउँलेहरुको सहयोगमा उनलाई मंगलबार जनकपुर अञ्चल अस्पतालमा उनलाई भर्ना गरिएको थियो । भने थप उपचारका लागि बिहीबार काठमाडौं पठाउनुपर्ने डाक्टरले सुझाएपछि आर्थिक अभावका अनयत्र लगिन नसकेपछि उनको मृत्यु भएको स्थानीय महादेव राउतले बताए ।

सादा केही महिना पहिलेसम्म काठमाडौंमा लेबरको काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनी निर्माणधिन क्षतबाट लडेर घाइते भएपछि उनी गाउँ गएका थिए । सोही समयदेखि विरामी परेका सादाको चोटका कारण नसामा समस्या आएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

सादाका बुबा राजदेव सादाको केही वर्षपहिले मृत्यु भइसकेको थियो भने अहिले उनकी आमा आशा सादाको आर्थिक अवस्था झन् दयनिय रहेको छ । उनलाई उपचारमा सहयोगका लागि स्थानीय केहि यूवाहरुहरुले बैंक खाता समेत खोलेका थिए । स्थानिय युवाहरुलाई उनको परिवारलाई सहयोग गर्नका लागि निम्न बिवरण भएको खातामा सहयोग गरिदिन समेत आग्रह गरेका छन ।

नाम: आशा देवी मुसहर

A/C No. 01405050299596
Nepal investment Bank, Jankpur

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्