Logo
१५ बैशाख २०८१, शनिबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा अप्रेशनः नैतिक शिक्षाका नाममा अनैतिक ब्रह्मलुट

College NVM News Photo

काठमाडौं । एलएलसीको नतिजा सार्वजनिक भएपछि काठमाडौंमा च्याउ झै उम्रिएका कलेजहरुको फुर्तिफार्ति बढेको छ । कलेजहरु विद्यार्थीलाई आकर्षित गर्न भवन सजाउने देखि अनेक तिकडम अपनाउन तिर लागि परेका छन् । गुणस्तरिय शिक्षा दिने नाममा धेर्रैजसो कलेजहरुले ब्रह्लुट नै मच्चाएका छनु । कलेजको भौतिक पूर्वाधारलाई नजरअन्दाज गर्दै विज्ञापन र प्रचारबाजीमै कलेजको नाम चलाएर लुट धन्दा मच्चाउनेमा राजधानीका कलेजहरु अंग्रपक्तिमा छन् । यसरी खुलेआम लुट्दा पनि सरकारका नियमनकारी निकायका प्रमुख ब्यक्तिहरु कमिशन र आफ्ना मान्छेलाई भर्ना गर्दै कानमा तेल हालेझै गरेर बसेका छन ।

कुन कलेजले कति बिद्यार्थी सम्म भर्ना गर्न पाउँछ र कुन उद्देश्य र लक्ष्यका लागि कति भौतिक पूर्वाधार हुनुपर्छ भन्ने तोक्न समेत नसक्ने सरकारी निकायको लाचारीपन देखिएको छ । बरु जसले ठूलाठूला विज्ञापनहरु प्रकाशन र प्रशारण गर्नसक्यो उसैकोमा अभिभावक बिद्यार्थी हाम फाल्न तिर लागेको देखिएको छ । सामान्य कलेजका लागि आवश्यक भौतिक पूर्वाधारभन्दा ठूला दैनिकमै विज्ञापन प्रचार गर्नुलाई आवश्यक ठान्ने प्रिन्सिपल र प्रबन्ध निर्देशकहरु शिक्षक र कर्मचारीलाइ शोषण गर्दै आफ्नो ब्यबसाय अगाडि बढाएका छन् । आर्कषक भवन, शैक्षिक सामग्रीको प्रयोग विधिबाट शिक्षा दिने भन्दै बिद्यार्थी भर्नाका नाममा लाखौं रुपैयाँ असुल्ने नाम चलेका कलेजहरुमा प्रसादी, नोबेल, कान्जिरोवा, एसओएस, विरेन्द्र सैनिक, बर्षा, बोनहर्ट, पेन्टागन, टेक्सास, चेल्सी, प्रिमियर, मल्पी इन्टरनेशनल, केएमसी, नासा, मेगा, भि.एस. निकेतन, फ्लोरिडा,गोल्डेन गेट लगायत सयौं छन् ।

यस्ता कलेजले एस.एल.सी. मा विशिष्ट श्रेणी ल्याएका राम्रा बिद्यार्थीलाई छनौटमा पारेर उत्कृष्ट बिद्यार्थी उत्पादन गर्ने बिद्यालयको नाममा आफ्नो प्रतिष्ठा बनाउने मात्र नभै लाखौं रुपैयाँ असुल्न भ्याएका छन । राम्रा बिद्यार्थी छनौट गरेर राम्रो शिक्षा दिने नामका बिद्यालयको तहमा सामान्य बिद्यालयमा सामान्य बिद्यार्थीहरुलाई भर्ना गराएर शिक्षा दिने शिक्षण संस्था नाम चलेका भन्दा राम्रा भएको स्पष्ट देखिएको छ । विज्ञान ,ब्यबस्थापन, मानवीकि जस्ता बिषयको नाममा भर्ना गराउने कलेजहरुले एकै बर्षमा लगानी असुल्ने गरी आवेदन फर्म वितरण गराउने योजना निर्धारण गरेर अगाडि देखिने प्रवृत्ति दिनानुदिन मौलाउँदै छ ।

निजी कलेजहरुले बिद्यार्थी भर्नालाई प्राथमिकतामा राख्नु र राम्रा राम्रा बिद्यार्थी भर्ना गराएर इज्जत बनाउने प्रचार्य र प्रमुखहरुले नराम्रा कमजोर बिद्यार्थी पढाएर इज्जत बनाएका भए सबैले सकारात्मक लिन्छन तर यतिबेला विदेशी नाममा कलेजको नाम राखेर बिद्यार्थी आर्कषण गर्ने परिपार्टी समाजका बौद्धिक वर्ग नै सक्रिय हुँदा नेपाली अस्तित्व र परिचयमाथि प्रश्न उठ्ेपनि यसले कुनै सार्थक रुप पाएन । विदेशी नाममा नाम राखेर बिद्यार्थी भित्र्याउने होडवाजीमा रहेका संस्थापकहरुले आफ्नो अस्तित्वलाई नाङ्गो बनाएर अर्को शरीरलाई ढाँकेर के गर्न खोजेका हुन समाजमा प्रश्न उठी रहेको छ । विगत केही बर्षमा झै यस बर्ष पनि नाम चलेका कलेजले बिशिष्ट श्रेणीका बिद्यार्थी मात्र भर्ना गराएर आफ्नो नाम उच्च बनाउने होडबाजीमा छन ।

तसर्थ अब सामान्य कलेजले सामान्य बिद्यार्थीलाई भर्ना गराएर पनि आफ्नो अस्तित्वलाई राम्रो बनाईरहेका उदाहारण पनि हाम्रा समाजमा प्रयाप्त छन् । हामी अभिभावकहरु प्नि समाजमा नाम चलेका कलेज भन्दै आफ्नो घर छेउका कलेजलाई लत्याएर खर्चालु कलेज पुग्ने कोशिसमा छौ र आफ्ना छोरीलाई पनि महङ्गो कलेजमा पढाएर धेरै पढ्न भन्ने मनोवृत्ति पनि अत्यन्त सक्रिय छ । हामीजस्ता कम विकसित देशका नागरिकले शिक्षाको लगानीलाई महत्वपूर्ण रुपमा लिने गरेका र आफ्ना सन्तानलाई धेरैभन्दा धेरै खर्च गरेर अगाडि लैजानुपर्छ भन्ने आडम्बरी पनि मौलाउँदो नै देखिन्छ । विदेशमा सरकारी विद्यालयमा अध्ययन गराउन ठूलो मेहेनत गर्नुपर्छ भने नेपाल धर्मका नाममा स्थापित तथा ब्यक्तिगत स्वार्थ लिएर ब्यबसायिक हिसाबमा संचालन भएका कलेजमा तछाड मछाड गर्नुपर्ने बाध्यता पनि छ ।

सरकारले शिक्षा क्षेत्रमा महत्वपूर्ण योजना र नीति ल्याएर प्रभावकारी बनाउनु पर्नेतिर भन्दा पनि निती नियम बनाउनेहरु र पढाउनेहरु नै नीजि शैक्षिक संस्था खडा गर्ने तिर बढी उन्मुख भएको देखिन्छ । त्यसकारण हाम्रो समाजमा शैक्षिक असमानता र सरकारी उदासिनता झाङ्गिदै गएको छ । अभिभावकहरुका लागि सन्तानको लागि सबैभन्दा ठूलो शिक्षा भन्ने हुन्छ तर शिक्षाका नाममा ब्रह्मलुट हुँदा समेत आफ्नो ब्यक्तिगत स्वार्थका लागि मौन बस्नुपर्ने बाध्यता र सरकारी तहबाट उपयुक्त नीति नल्याउने परिपाटी भने गजबकै छ । कलेज वा बिद्यालयमा आफ्ना सन्तान अध्ययन गरेका छन भन्ने जस्तो सुकै शोषण भएपनि चुप लाग्ने अभिभावक हुँदा के गाह्रो शिक्षाका नाममा ब्रह्मलुट मच्चाउन । शहरमा सयौ कलेज छन ।

जिल्लाहरुमा दर्जनौं कलेज छन तर बिद्यार्थी शहर केन्द्रित रहने परिवेशलाई न्युन गर्न केही कलेजले आफ्नो विज्ञापनमा बिभिन्न आकर्षणका अफर राख्न थालेका छन । तैपनि जिल्लामा नाम चलेका कलेजमा भर्ना नगरि बिद्यार्थी शहर केन्द्रित हुँदा शहरमा जनसंख्याको चाप हजारौंको संख्यामा बृद्धि हुँदै गएको छ । समाज विकास शिक्षा क्षेत्रको अतुलनीय योगदान रहन्छ भन्ने मान्यता रहेको भएपनि सुविधा सम्पन्न कलेज जिल्ला जिल्लमा स्थापना हुन नसक्दा भर्नाका नाममा होस या अध्ययनका नाममा बिद्यार्थी अभिभावक ठगिने कुरा स्पष्ट रहेको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्