Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन, विवाहपूर्व नै गर्भवति भएका बलिउड नायिकाहरु

मुम्बई । त्यसो त ग्यलामर क्षेत्रमा लव अफएर्यस, सेक्स मिनलबछोडलाई समान्य मानिन्छ । तर ती चर्चित हस्ती बलिउड नाइकाहरु जो विवाह अघि नै गर्भवती भइन आज उनै हस्तीहरुका बारेमा चर्चा थालिएका छौ ।

टीवी नायिका डिम्पी गांगुलीले २० जूनको छोरी रियानालाई जन्म दिइन् । राहुल महाजनसँग अलग भएको दुई बर्षपछि उनले २७ नोमेम्वरमा २०१५ मा दुवईमा बस्ने व्यापारी रोहित रायसँग विवाह गरेकी थिइन् ।

सामाजिक सञ्जालमा यस्तो खवर आयो कि डिम्पी रोहितसँग विवाद गर्नु पूर्व नै गर्भवति थिइन् । विवाह भएको सात महिनामै यो जोडीले बच्चा जन्माएपछि यो बहस उठेको थियो । तर, डिम्पीले भने रियाना ‘प्री–मेच्युर’ बेबी भएको बताइन् । डीपी भन्दा पहिला केही नायिकाले विवाहपूर्व नै बच्चा जन्माएका छन् ।

विवाहपूर्व नै गर्भवति थिइन् श्रीदेवी

sridevi-filmश्रीदेवी विवाह पूर्व नै गर्भवति थिइन् । उनले यो विषय मिडियालाई बताएकी पनि थिइन् । उनका अफेयर बोनी कपुरसँग चलेको थियो । जब श्रीदेविको गर्भवतिको समाचार बाहिर आयो, त्यसबेला बोनी विवाहित थिए ।पछि उनले पत्नी मोना कपुरसँग सम्बन्ध विच्छेद गरे र १९९६ मा श्रीदेविसँग विवाह गरे । विवाहको केही महिनामै श्रीदेविले जान्वीलाई जन्म दिइन् ।

कोन्कणा सेन शर्मा
konkona
सितम्वर २०१० मा नायिका कोन्कणा सेन शर्माले प्रेमी रणवीरसँग नीजि समारोहमा विवाह गरेकी थिइन् ।यो विवाह रणवीरको घरमा भएको थियो । विवाह भएको केही समय पछि नै उनीहरु दुवैले आफुहरु माता पिता बन्न लागेको घोषणा गरे ।

बिना मालिक
dsc0182600-029995ea62c25d8नायिका विना मालिकले २६ डिसेम्वर २०१३ मा दुवईमा रहने व्यापारी असद बसरी खानसँग विवाह गरिन ।एक बर्ष नपुग्दै उनले बच्चा जन्माइन् । बताइएको छ कि बिना विवाहपूर्व नै गर्भवति थिइन् ।

महिमा चौधरी
mahima
‘परदेश’, ‘दिल क्या करे’, ‘लज्जा’, ‘धडक्न’ ‘दिल है तुम्वारा’ जस्ता सफल फिल्ममा काम गरेपछि महिमा चौधरीले २००६ मा विवाह गर्ने निर्णय गरिन् । उनले जति चाडो विवाह गरिन्, त्यति नै चाडो गर्भवति भएको खवर बाहिर आयो । महिमाले मुम्वईमा आर्किटेक्ट बाबी चौधरीसँग २००६ मा विवाह गरेकी थिइन् । विवाह भएको केही महिनामा नै बच्चा जन्माइन् । महिमाले आफु गर्भवति भएको कुरा चाहिँ कसैलाई भनिनन् ।

निना गुप्ता

1243064050890-neena-gupta

नायिका नीना र क्रिकेटर भिभियन रिचर्डसको अफेयरको खबर पहिला नै आएको थियो । यसैमा निना गर्भवति भएको खवर बाहिर आएपछि धेरै अचम्ममा परे । १९८९ मा नीनाले छोरी मसावाको जन्म दिइन । सिंगल मदरका रुपमा उनले छोरीको पालनपोषण गरिन् ।

सलिना जेटली
bollywood-celebrities-children-151
ब्यूटी प्रतियोगिता जितेर बलीउडमा आएकी नायिका सोलिनाका बारेमा भन्न तालिएको कि उनी विवाह अगाडि नै गर्भवति भएकी छिन् । २०११ मा पिटर हागसँग विवाह गरेको ८ महिनामा उनले जुम्लाह बच्चा जन्माइन् । यसले उनी विवाह अगाडि नै गर्भवति भएको खबरलाई बल पुग्यो ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्