Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समझनामा मधेश आन्दोलनः पेन्टिङ्गहरुको प्रदर्शनी

Painting_mehata-1

काठमाडौं । मधेश आन्दोलन र मधेशका विभुतिहरु समेटिएको चित्रकलाहरु काठमाडौंमा प्रदर्शनीमा राखिएको छ । सप्तरी हनुमाननगरका चित्रकार हरिओम मेहताले तयार पारेका मधेश आन्दोलनको पिडा समेटिएका अधिकांश चित्रहरु मार्मिक रहेको स्थानिए पत्रकार बृजेश कुमार साहले बताएका छन ।

असार १२ गतेदेखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा ३५ वटा पेन्टिङ्गहरु राखिएको छ । पेन्टिङ्गहरुमा राज्यबाट मधेशीको पहिचान खोस्ने प्रयास भएको विषयलाई इंगित गर्दै मधेशी र नागरिकता सम्बन्धी पेन्टिङ्ग प्रदर्शनमा राखिएको छ । उक्त पेन्टिङ्ग प्रदर्शनीकै आकर्षक पेन्टिङ्ग हो ।

मिथिला आर्ट ग्यालरीले आयोजना गरेको यस प्रदर्शनलाई मधेश मानव अधिकार (मधुर) यूएसए, नेपाल आर्ट काउन्सिल र गुरुङ्ग मोल्डिङले सहयोग गरेको छ । प्रदर्शनी असार १८ गतेसम्म चल्नेछ

त्यस्तै मधेशलाई बोल्न पनि बन्देज लगाइएको र मधेशलाई राजनीतिक दलहरुले दबाएको जस्ता पेन्टिङ्गहरु राखिएको छ । त्यस्तै मधेशका राजनीतिज्ञयदेखि विभूतिहरुको समेत पेन्टिङ्ग राखिएको छ । ब्ल्याक भोइस नाम दिइएको यस प्रदर्शनीकै क्रममा मंगलबार पेन्टिङ सम्बन्धी अन्तरक्रिया पनि गरिएको छ ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्