Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार प्रमुख आयुक्त कार्कीलाई बर्खास्तको माग गर्दै विषेश अभियान

Abhiyanकाठमाडौं । युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बर्खास्तगी माग गर्दै अभियान थालेका छन् ।

सामाजिक सञ्जालमा सकृय युवाहरुको समूह ‘फ्रिलान्स युथ मुभमेन्ट’ ले सञ्चार माध्यममा आएका समाचारहरुको आधारमा कार्कीविरुद्ध अभियान सञ्चालन गरेको जनाएको छ ।

उनीहरूले बुधबार भृकुटीमण्डप अगाडि भेला भएर उनीहरुले उक्त अभियान थालेका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालय, सुदूरपश्चिम विश्व विद्यालयमाथि अख्तियारले हस्तक्षेप गरि शैक्षिक क्षेत्रलाई तहस नहस पार्नमा पनि अख्तियारको भूमिका भएको उक्त समूहद्धारा बुधबार जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्