आज बालाजुमा गठबन्धनले विरोधसभा गर्दै
काठमाडौं । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले बुधवार बालाजुको बाइपासमा विरोधसभा गर्दै छ । बालाजुबाट ३ बजे जुलुस निस्किएर ४ बजे बाइपासमा पुग्ने र त्यहाँ नेताहरुलेसम्बोधन गर्ने तयारी रहेको छ ।
मगलबार प्रधानमन्त्रीले आह्वान गरेका सर्वदलीय बैठक र प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाए पनि नगएका गठबन्धन आवद्ध नेताहरुले आज त्यसैका बारेमा कार्यकर्ताहरुलाई सम्बोधन मार्फत कारण बताउने तयारी गरेका छन् ।
सरकार र सत्तापक्ष दलले भने टुटेकै विन्दुबाट सहमति खोज्ने निर्णय हिजोको सर्वदलीय बैठकबाट गरेका छन् ।