Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एर्यर्पोटमा माइक्रोवेभ भित्र साढे ३ किलो सुन

एक सिंगापुरीयन नागरिक पक्राउ 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले मंगलवार राति साढे ३ किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक मारुगाइयन सेल्भमलाई पक्राउ गरेको छ ।
मालिन्दो एयरको ओडी ८०४ फ्लाइटबाट राति ८.३० मा आएका सेल्भमको साथमा रहेका एम्प्लिफायर र माइक्रोवेभमा ३७ पिस सुन लुकाएको अवस्थामा बरामद भएको हो ।
भन्सारका साथीहरुले शंका लागि मार्क गरेपछि हामीले बाहिर निस्केपछि खोलेर जाँच गर्दा सोनीको म्याक्स एम्प्लिफायर र माइक्रोवेभ भित्र सुन भेटाएका हौं, विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत तुलसी चौलागाईंले बताए ।
अधिकृत चौलागाईंका अनुसार ई५५५८४२एच नम्बरको सिंगापुरको रहादानीवहाक सेल्भमलाई अहिले भन्सारको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्