Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई अंकित गर्दे मोदीले भने साना मुलुकहरु पनि ठूला जत्तिकै महत्वपूर्ण

Modi-arnab-interview
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुले छिमेकी मुलुकहरुसँग सधै मित्रवत सम्बन्ध राख्न चाहेको बताएका छन् । प्रधानमन्त्री भएको करिव २५ महिनापछि पहिलो पटक निजी सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’लाई दिएको एक अन्तर्वार्तामा मोदीले यस वारेमा कुनै बहसको नै आवश्यकता नभएको वताएका हुन।

उक्त च्यानलका सम्पादक अर्नब गोसामीले नेपाललाई अकिंत गर्दे नेपालको नाम नलिइएरै प्रशन तेस्राएका थिए भने मोदीले पनि जवाफमा नेपालको नाम नलिई कुनै पनि सानो वा ठूलो देश सबैको आआफनै अस्त्तिव रहेको बताएका थिए ।

मोदीको विदेश नीतिको सम्वन्धमा सोधेको प्रश्नमा मोदीले आफूनो सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका राज्य तथा सरकार प्रमुखलाई बोलाएको र उनीहरुले त्यसमा सहभागीता समेत जनाएको उल्लेख गरेका छन् ।

मोदीले आफ्नो त्यो उद्देश्यमा अहिले पनि कुनै परिवर्तन नआएको बताएका छन् । ‘हाम्रो उदेश्य, विचार तथा अहिलेको व्यवहारमा कुनै पनि परिवर्तनका आएको छैन,’ उनले भनेका छन् ।

उनले ठूला मुलुकसँग सम्बन्ध विस्तार गर्दा साना मुलुकहरु कम महत्त्वका हुन्छन् भन्ने ठान्न नहुने सिद्धान्तमा अडिग रहेको बताएका छन । ‘साना मुलुकहरु पनि ठूला मुलुकहरुजत्तिकै महत्त्वपूर्ण हुन ।

[mom_video type=”youtube” id=”https://youtu.be/892N6hiRpUM”]

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्