Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शौचालय सफा गरेर तीन शन्तानलाई विद्यालय पठाउदै शैल डोम

dom

महोतरी   ।  ‘डोम समुदायका बालकहरु स्कूल जाँदैनन् । अभिभावकले आफ्नो बच्चाहरु स्कूल पठाउँदैनन् । शिक्षामा पहुँच छैन’ जस्ता बुझाई छ ।

तर यो बुझाईहरुलाई इतिहासमा सीमित राख्न महोत्तरीको बर्दिबास नगरपालिका ४ गौरीडाँडाकी ३७ बर्षीय शैल डोम कम्मर कसेर लागि परेकी छिन् । शैलले गाउँघरमा शौचालयको हद (सेप्टिट्यांकी ) सफा गरेर तीन शन्तानलाई विद्यालयमा पढाई रहेकी छिन् ।

तीन छोरी र दुई छोरा मध्य शैलले एक छोरी र दुई छोरालाई नजिकैको जनता मावि गौरीडाँडामा पढाइरहेकी विद्यालयका प्रध्यानाध्यापक नेत्र रम्तेलले बताए । दुई छोरीलाई विहाव गरिदिएकी छिन् भने कान्छी छोरी अहिले सानी छन् ।

आफूले शौचालयको हज सफा गरेर जीवन बिताएपनि आफ्नो सन्तानलाई ठूलो मान्छे बनाउने सोंचका साथ पढाई रहेको शैलले बताइन् । शैलकी जेठा छोरा रोशन डोम १२ वर्षका छन् । रोशन कक्षा ३ मा पढ्दैछन् । रोशन भन्छन्,‘ म पढेर सरकारी अफिसको हाकीम बन्छु ।’

रोशनका भाई सुरजले उनलाई पछ्याइरहेका छन् । सुरज अहिले एल.के.जी.मा पढ्दैछ । उमेरले भरखर ९ बर्ष पुगेका सुरज भन्छन्,‘ म पढेर पुलिसको जागिर राख्छु । समाजमा अपराध गर्नेहरुलाई समातेर जेल हाल्छु ।’

सुरजका दिदी तार डोम पनि कक्षा तीनमा रोशनाका दाई सुरज संग संगसंगै पढिरहेकी छिन् । १३ बर्षीया तारा डोमले आफू पढेर ठूलो बनेर समाजलाई सेवा गर्ने बताइन् ।

शैलकी श्रीमान् इन्दल डोम विरामी छन् । इन्दललाई पालपोषण गर्ने काम तीनै शैलको कमाईले हुन्छ । दमको रोगी रहेका इन्दललाई शैलले आफुसंग भएको रुपैंयाले उपचार गराइन तर, इन्दल निको भएका छैन । इन्दल घरमै बस्ने गर्छ ।

स्कूल गइरहेका रोशन , सुरज र तारा डोमलाई स्कूल डे«स, जुत्ता, ब्यागको आवश्यकता छ । रोशन र सुरजको स्कूल ड्रेस, जुत्ता र ब्याग छ तर पुरानो भइसको छ । यि तीनै डोमका बच्चाहरु स्कूल गएर रमाईरमाई पढिरहेका छन् । यिनीहरु पढ्नमा राम्रै छन् ।

शैल भन्छिन्,‘छोराछोरीलाई पढाउन आर्थिक रुपमा समस्या छ । अलि सबैले सहयोग गरिदिए पढाउन सजिलो हुन्थियो ।’ १० धुर ओइलानी जग्गमा तीन कोठाको एउटा सानो घर छ । रातु खोलाको किनारमा बसोबास गर्ने शैलको दिनचर्या सरसफाईको काम गरेरै वित्छ ।

दिनहुँ गाउँघरमा ट्वाइलेटको हद सफा गर्दै र त्यसबाट आएको रकमले परिवारको पालपोषण गर्ने काम शैलले गर्छिन । शैल सरसफाईको अभियन्ता हो । तर उनले यो पहिचान पाउन सकेकी छैन ।

यसको बदलामा उनलाई समाजमा डोक भनेर हेला गर्ने गरेको पाइएको छ । शैलका शन्तानहरु पढेर ठूलो मान्छे बनेर डोम भनेर हेप्ने प्रवृत्तिलाई समाप्त पर्ने संकलप गरेका छन् । जसले गर्दा उनीहरु अरुका छोराछोरी झैं सधैं स्कूल पढ्दै छन् ।

यि तीनै जना सन्तानलाई सबै मिली सहयोग गरे यिनीहरु पनि हामी जस्तै डक्टर, इन्जिनियर, शिक्षक , पत्रकार , पुलिस बन्न सक्छ । शैल एक प्रतिनिधि पात्र मात्रै हुन्य, हाँका डोम समुदायका धेरै अभिभावकहरु सन्तानलाई विद्यालय पठाउन लागिपरेका छन् । पत्रकार राजकरण महतोको सहयोगमा

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्