Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुटेन सहमति, संसद बैठक स्थगित

1605252820151207013033_lfjsdlfjlsdjflkdsjfकाठमाडौं ।  व्यवस्थापिका संसदको बैठक बस्दै नबसी भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । सहमतिको प्रयासस्वरुप दिउँसो साढे तीन बजेका लागि बोलाइएको बैठक सारेर साँझ ५ बजेको लागि बोलाइएको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट रुपमा २ लाख दिनुपर्ने माग गर्दै आज पनि संसद अवरोध गर्ने तयारी गरेपछि संसद सचिवालयले सुचना टाँस गरि बैठक स्थगित गरेको हो ।

कांग्रेससँग सहमतिको प्रयासस्वरुप आज दिनभर कार्यदल र शीर्ष तहमा छलफल भएपनि कुनै सहमति बन्न नसकेको बताइएको छ ।
नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले कुनै पनि हालतमा भूकम्पपीडितले एकमुष्टरुपमा २ लाख रुपयाँ पाउनु पर्ने भन्दै त्यो माग पूरा नभएसम्म संसद चल्न नदिने रातोपाटीलाई बताए ।

यस्तै राप्रपा नेपालका सांसद सुशील श्रेष्ठले भूकम्प पीडितले राहत पाउनुपर्नेमा सबै दलबीच एकमतता रहेको भएपनि विगतमा बनेको कार्यदल विपरित कांग्रेस जाँदा समस्या उत्पन्न भएको बताए ।

 

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्