Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमती बलात्कारको अभियोगमा तीन वर्षको जेल सजाय !

arest-300x250

ओखलढुंगा । आफ्नै श्रीमती बलात्कार गरेको अभियोगमा ओखलढुंगामा एक व्यक्ति जेल चलान भएका छन् । जिल्लाको च्यानम गाविस वडा नम्बर ८ का नारायणबहादुर वस्नेतलाई जिल्ला अदालत ओखलढुंगाले तीन बर्षको जेल सजाय र क्षतिपुर्ति बापत २५ हजार रुपैया भराउने समेतको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले वस्नेतलाई यस्तो सजाय सुनाईएको हो । श्रीमानले मदाक पदार्थ सेवन गरी पटक आफुमाथि कुटपिट तथा जबरजस्ती गर्दै आएको भन्दै पीडकका श्रीमतीले गत बैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

सोहि आधारमा वस्नेतलाई गत असार ५ गते बैबाहिक बलात्कारको मुद्दामा उक्त फैसला सुनाईएको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ ।

पिडित महिलाका अनुसार मुद्दा दर्ता गर्नुअघि पटक–पटक श्रीमानलाई प्रहरीमा ल्याउँदा समेत बानीमा कुनै सुधार नआएपछि बाध्य भएर मुद्दा दायर गरिएको थियो ।  कानुन अनुसार बैबाहिक बलात्कारको हकमा तीन बर्ष देखि ५ बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको छ ।

यस किसिमको बैबाहिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भई जेल चलान गरिएको घटना पुर्वाञ्चलमै पहिलो पटक भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए।

 

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्