Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भद्रगोलकी रक्षाले नबिनलाई शिरमा सिन्दूर लगाउन भनेपछि टेन्सनमा !

rakchhya

काठमाण्डौ । कमेडी सीरियल भद्रगोलकी रक्षाले राहदानी नायक नबिनलाई शिरमा सिन्दूर लगाउन भनेपछि नबिन परे टेन्सनमा परेका छन् । उनी साच्चै जिवनमा टेन्सनमा परेका भने होइनन् ।

हाउडे मायाको अपार सफलता पछि गायिका सृजना खत्री (हाउडेमाया ) ले शिरमा सिन्दूर बोलको गीत सार्बजनिक गरेकी छिन्। सानै उमेर देखि गाउने रूचि राख्ने गायिका खत्रीले थुप्रै गीत गएता पनि उनी यस एल्बमलार्इ दोस्रो भन्न चाहन्छिन उनको यो भन्दा अगाडि हाउडेमाया सार्बजनिक भइसकेको छ।

अहिले शिरमा सिन्दूर ले केही सफलता मिल्छ की भन्ने आशा राखेकीछन्। शिरमा सिन्दूर मा रक्षा श्रेष्ठ ,नबिन लम्साल र बिदुर प्रसाई ले अभिनय गरेका छन भने शब्द र संगीत रस्वोर सृजना खत्री आफनै रहेको छ।

एक्सन फिल्मस प्रा लि को प्रस्तुति रहेको भिडियो लाई युबराज वाइबा ले निर्देशन गरेका हुन। निशान घिमिरेको सम्पादन रहेको भिडियो भने कपूरी क पिक्चर्स ले निर्माण गरेको हो ।

उक्त भिडियो एक्सन फिल्मसले आफनै यूटूब मार्फत सार्बजनिक गरेको छ। यसबाट केही सफलता मिल्ने बितिकै अर्को एल्बमको तयारीमा रहेको र छिट्टै फेरी अर्को गीत श्रोता समक्ष ल्याउने गायिका खत्री बताउछिन्।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्