Logo
१३ बैशाख २०८१, बिहीबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाका राजदूतले भने ‘प्रचण्डलाई पक्राउ गर्ने कुनै तयारी छैन’

Prachanda-austrilan-6

प्रचण्डलाई भेट्न अष्ट्रेलियाली राजदूत लाजिम्पाटमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मगलवार बिहान लाजिम्पाटमा भेटवार्ता भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार उक्त भेटका क्रममा अष्ट्रेलियन राजदूतले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको विषयमा चाँसो राख्दै मिडियामा आएको जस्तो पक्राउ गर्ने कुनै तयारी नगरिएको स्पष्ट पारे ।

उनले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराए । भेटका क्रममा प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफू अवगत रहेको बताए । वर्तमान राजनीतिक स्थिती, पार्टी कामको चापका कारणले भ्रमण स्थगित गर्नुपरेको स्पष्ट पारे ।

अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नुपरेको बताए । उनले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने प्रतिबद्धता पनि राजदूतसमक्ष गरेका थिए । भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा समेत चर्चा गरेका थिए ।

नेपालको राजनीतिक विकास प्रक्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाए । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताए ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्