Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले अवरुद्ध पार्दै आएको  संसद बैठक साँझ पाँच बजे

SAकाठमाडौँ । मंगलबार दिउँसो ३:३० बजेका लागि तोकिएको व्यवस्थापिका-संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।

३:३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको व्यवस्थापिका-संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।

विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ । रासस

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्