Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन भावनामा पोखिए राजेश भयो सार्वजनिक

sam

भनिन्छ, विदेश पुगेपछि झनै स्वदेशको माया र याद आउँछ । कतिपय स्वदेशकै माया र सम्झनामा विदेश पुगेर साहित्यकार तथा कवि बनेका उदाहरण छन् ।

यस्तै, राजेश अर्याल गीतकार बनेको छन्, जो केही वर्षयता अमेरिकाको सिकागो बस्छन् । उनै राजेशले स्वदेश र आफन्तको सम्झना गर्दै पछिल्लो समय यसरी गीतमा पोखिए, ‘सुन्न सकिनँ तिम्रो नराम्रो…’ सानैदेखि कविता, गजल र साहित्यप्रति रुचि राख्दै आएका राजेशले ‘सुन्न सकिनँ तिम्रो नराम्रो…’ बोलको आफ्नो गीतिभावमा पनि त्यही विम्ब पोखेका छन् ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै सानैदेखिको रहर र रुचिलाई अंगिकार गर्दै गीतिकारितामा पाइला राखेका राजेश भन्छन्, ‘गीत, गजल र कविता लेख्ने÷सुन्ने मेरो सानोदेखिको रुचि हो ।

अहिले मेरो साथी टेकेन लुङ्गेलीको साथ र हौसलाले आफ्नो रहर पूरा गर्नेक्रममा छु ।’ गीति लेखन आफ्नो रुचि भएकाले जस्तोसुकै व्यस्तताको बाबजुद पनि सिर्जनामार्फत भावना पोख्ने गरेको उनले सुनाए । हुन पनि यस गीतमा उनले आफ्नो मर्मस्पर्शी भावना कोरेका छन् ।

यस गीतबारे उनी भन्छन्, ‘मलाई सेन्टिमेन्टल गीत लेख्न बढी रुचाउँछु ।’ गीतकार राजेशको यस गीतलाई अहिलेका चर्चित संगीतकार टंक बुढाथोकीले संगीत गरेका हुन् । गीतको भावलाई जीवन्तता दिन संगीतकार बुढाथोकीले निकै मिहिनेत गरेका छन् । परिणामस्वरुप यो एउटा उत्कृष्ट गीत बनेको छ । यस गीतका गायक प्रमोद खरेल हुन्, जो पछिल्लो समय श्रोताले रुचाएका गायकमध्ये पर्छन् ।

गीतकार राजेश, संगीतकार बुढाथोकी र गायक प्रमोदलाई संयोजन गर्ने काम भने अहिलेका चर्चित गीतकार तथा मोडल दर्पण राईले गरेका हुन् । दर्पणको ‘तिम्ले बाटो फे¥यौं अरे…’लगायतका चर्चित गीतहरु छन् । गीतकार राजेशको यस गीतको लिप्सिङ भिडियोलाई यु–ट्युब च्यानल एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्