पेरिसमा घन्कियो लोकदोहोरी
पेरिस । आइतबार फ्रान्सको राजधानी पेरिसमा लोकदोहोरी कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,युरोप शाखाको प्रथम अधिबेशनको अबसरमा राष्ट्रिय कलाकारहरुले लोकदोहोरी कार्यक्रम आयोजना गरेका हुन् ।
फ्रान्सको लागि नेपाली राजदुत अम्बिका देवी लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै विशिस्ट अतिथि एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिब अर्जुन कुमार श्रेष्ठले नेपाली लोक दोहोरीको विस्तार युरोपमा हुँदा आफु एकदमै खुसी भएको बताउँदै भोलिका दिनमा एन आए एनसँग सहकार्य गरेर अझ अगाडी बढ्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै एनआए एन युरोप संयोजक कुल आचार्यले नेपालीको पहिचानको रुपमा रहेको लोकदोहोरीको यो ब्यापकतामा आफ्नो साथ सहयोग रहने बताए ।
कार्यक्रममा लोकदोहोरी गायिका देवी घर्ति मगर, लोकदोहोरी गायक याम क्षेत्री र फ्रान्समा जन्मेर नेपाली गीत गाउने आन्नी श्रेष्ठलाइ सम्मान गरिएको थियो । उनीहरुले आफ्ना गीतहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमबीच महासचिब शिब सुबेदी र कोषाध्यक्ष बिनिता लामिछानेको प्रतिबेदन सर्बसम्मत रुपमा पारित भएको थियो । सुमी घिमिरे सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गर्दै कार्यक्रम सकिएको छ ।