Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको टेक्सासमा घरबार बिहिनलाई नेपालीले खुवाए खाना

dvid-3

विजय थापा, वाशिंगटन डिसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत शनिबार जुन २५ तारिख युनिटी पार्कमा घरबार बिहिन, अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ ।

झन्डै ५ सय जनालाई स्वास्थ्य, स्वादिष्ट भात, तरकारी, मासु, गेडागुडी तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ । एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरिरहेको छ । हरेक ३ महिनामा यस्ता अशक्त, घरबार बिहिन तथा मागेर जिविकोपार्जन गर्नेलाई खुवाउने अन्तर्गत गत शनिबार सामूहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।

आचार्यले हरेक ३ महिनामा खाना खुवाउनपर्ने भएकोले यसको लागि अर्थ पनि संकलन गर्नुपर्ने हुन्छ भने । यसको लागि प्रायोजक जुटाउनुपर्ने भएकोले संघ तथा संस्था, व्यक्ति या समुदायसँग हामी अपेक्षा गर्दछौं आचार्यले भने । यसैगरि संस्थाले नेपालको पशुपतिनाथमा घरवारबिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका वृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ । त्यति मात्र नभई उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्