Logo
११ बैशाख २०८१, मंगलबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो,’वडामहारानी बिल प्रकरण’ ? पूर्वराजा ज्ञानेन्द्रले किन भने ‘नन्सेन्स’  

create_thumb

काठमाण्डौ । आजकल त्यो राजपरिवारको दैनिकी कसरी चलेको छ ?  कुनै बेला राजपरिवारको सानमान कस्तो थियो ? हामी सबैलाई जानकारी भएकै कुरा हो । राजपरिवारको सवारी भने पछि आम सर्वसाधरणले लाईन लाएरै दर्शन गर्थे । हामी सबैलाई जानकारी नहुन सक्छ । झन्डै–झन्डै करोडको बक्यौता भेट्ने एउटा बिल त्यो राजपरिवारको कुन्जमा पुगे पछि पुरा राजपरिवार मै खैलाबैला मच्चिएको छ । त्यो विल पुगेको हो नारायणहिटी स्थित महेन्द्र मञ्जिलमा । तर त्यो तिर्ने कसले हो, पत्तो छैन् अहिले सम्म ।

विगत केहि वर्षदेखि हरेक महिना गरेर नयाँ महिना लाग्नासाथ पुग्ने त्यस्तो बिल यो महिना पनि त्यसरी नै पुगेको हो । यस्तो बेला पुग्यो कि, बिलको मामिला सुनेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निकै तनाब नै भयो समाचार स्रोतले नाम उल्लेख नगर्ने सर्तमा एनभीएम ग्रुपलाई भन्यो । तनावयुक्त भावमा रहेका झ्वाट्ट ज्ञानेन्द्र शाहले ‘नन्सेन्स’ भन्दै टिप्पणी समेत गरेको बुझिएको छ ।

पाइल्सको समस्याले पूर्वमुमाबडामहारानी रत्नराज्यलाई एक्कासी साह्रै बनाएदेखिको तनाव नेपाल विद्युत प्राधिकरणको बिलको कुराले झन् थप्दा ज्ञानेन्द्रले शुक्रबार विहान त्यस्तो टिप्पणी गरेका हुन् । बिहीबार विहानैदेखि आमाको स्वास्थ्यका कारण उत्पन्न तनाव हल भइसकेको थियो, तर महेन्द्र मञ्जिलप्रति नेपाल सरकारको रुखो व्यवहारले उनलाई क्रुद्ध बनाएको हो स्रोतले एनभीएम ग्रुपलाई भन्यो।

दुई वर्षअघि ज्ञानेन्द्रका निजी सचिव सागर तिम्सिना र रत्नका निजी सचिव शम्भु अधिकारीले तत्कालिन मुख्यसचिव लीलामणि पौडेलसँग भेटेर महेन्द्र मञ्जिलमा प्रयोग हुने बिजुलीको तार नारायणहिटी दरबार संग्रहालयबाट तानिएको र त्यसको बिल पनि उतै पठाउन अनुरोध गरेका थिए । लीलामणिले संस्कृति मन्त्रालयले तिर्ने गरी उक्त विल महेन्द्र मञ्जिल लानबाट रोक्नु भनी तत्कालै निर्देशन दिए ।

लीलामणिको यस्तो निर्देशन पाएको केही महिना महेन्द्र मञ्जिलमा बिजुलीको बिल गएन पनि । तर, केही महिनापछि बक्यौता थपिएर बिल जाने क्रम शुरु भयो । पञ्चायती निरंकुशताको सूत्रपात गर्ने, तर ‘दूरदर्शी तथा राष्ट्रवादी’ कहलिने राजा महेन्द्रकी ८८ वर्षीया पत्नी रत्नको थाप्लोमा यसरी महिनैपिच्छेको बक्यौता बढेर झन्डै करोडको ऋणको चाङ पुगेको छ ।

महेन्द्र मञ्जिलमा बस्ने रत्न एक्ली हैनन् । उनीसँग एक दर्जनभन्दा बढी नानी, बज्यै, ढोके, बगैँचे, सुसारे पनिसग्रँ रहेकाछन् । रत्नसहित तिनको सुसारेको इन्तजाम निर्मल निवासले मिलाउँदै आएको छ । एक वर्षअघि रत्नको फोटो र नागरिकता नभएका कारण नेपाल खानेपानी संस्थानले त्यहाँको खानेपानी लाइन काटिदिएको छ ।

यसपछि दैनिक एक ट्यांकर पानी किनेर चलाउने गरेकी छन् । यो खर्च पनि निर्मल निवासले नै व्यहोर्छ । तर पनि सबै आफ्नै हातले गर्दै आएकी राजा महेन्द्रकी ८८ वर्षीया पत्नी रत्नलाई भोलीको चिन्ताले पनि उत्तिकै गाजेको छ । उनी एक छाक (विहानको) मात्र भात खान्छिन् । बाँकी समय दूध र फलफूल खाने गरेकी छन् । निर्मल निवासबाट विहान–बेलुकी गरी दैनिक गाइको दूध जान्छ । ती गाई निर्मल निवासले नै ब्वास्था गरिदिएको छ । फलफूल भने रत्नले पैसा तिरेर किन्ने गरेकी छन् ।

उनका लागि फलफूल लिएर नेवार समुदायका साहूहरु दिनहुँ पुग्छन् र पैसा लिएर फर्किन्छन् । महेन्द्र मञ्जिलभित्र नेपाल टेलिकमका चारवटा ल्याण्डलाइन फोन चालु हालतमा छन् । त्यसमध्ये दुईवटा लाइन ‘नारायणहिटी राजदबार’ को नाममा दर्ता छ । ०६४ सालसम्म टेलिकमले त्यो नम्बरबाट जतिसुकै फोन गरे पनि बिल पठाउँदैनथ्यो, लाइन पनि काट्दैनथ्यो । तर, अहिले न्युनतम समय गुज्रिएपछि फोनलाइन आफैँ कट्छ र रत्नले दिने पैसाले लाइन खुलाउने गरिन्छ ।

बाँकी दुई टेलिफोन लाइनमध्ये उनको निजी सचिवालयको कार्यालयमा रहेको नम्बर उनकै निजी सचिवका रुपमा काम गरिरहेका शम्भु अधिकारीको नाममा रहेको बुझिएको छ र त्यो त्यसको पैसा पनि आफैँ तिर्छन् । र, अर्को फोन लाइन डायलअप कनेक्सनबाट इन्टरनेट चलाउन प्रयोग हुन्छ । त्यो नम्बर पनि त्यहीका अर्का कर्मचारीको नाममा रहेको छ ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्