Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलिया र सिंगापुरको भ्रमण गरी उपेन्द्र यादव स्वदेश फर्किए

Upendra Yadav

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव १० दिने अष्ट्रेलिया र सिंगापुरको भ्रमण गरेर सोमबार स्वदेश फर्केका छन् ।

संघीय गठबन्धनका संयोजकसमेत रहेका यादव संघीय समाज अष्ट्रेलियाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न असार ३ गते अष्ट्रेलिया गएका थिए ।

उनले भ्रमणको क्रममा मन्त्री, पूर्व मन्त्री, सांसद, मेयरलगायत उच्च पदस्थ सरकारी र प्रभुत्व व्यक्तित्वहरुसँग भेटवार्तासमेत गरेका थिए । अध्यक्ष यादवले अष्ट्रेलियाको संसद चलिरहेकै बेला सदभित्रको छलफल र बहसमा पनि सहभागी भएका थिए ।

नेपाली संघीय समाज अष्ट्रेलियाको निम्तोमा अष्ट्रेलिया गएका ससफो नेपालका अध्यक्ष तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री यादवको भ्रमण सफल भएको बताइएको छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्