Logo
१२ बैशाख २०८१, बुधबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली हत्या गरिएकाे अफागानिस्तमा, सरकारले नै पठायाे ९ हजार कामदार !

baideshik-rojgari_Malaysia-1

काठमाडौ । आत्मघाती आक्रमणमा १२ जना नेपालीको हत्या गरिएपछि नेपाली कामदारलाई अफगानस्तान जान रोक लगाएपनि यसभन्दा अघि सरकारले ९ हजार कामदार पठाएको खुलेको छ । धेरै बर्ष अघिदेखि नेपाली कामदार वैदेशिक रोजगारीका लागि त्यहाँ जाने गरेका थिए । तर, आर्थिक बर्ष २०५०/०५१ देखि आव २०७२/०७३ चैतसम्मको अवधिमा यी कामदार रोजगारीका लागि त्यहाँ पुगेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार आव ५०/५१ देखि ६८/६९ को अवधीमा मात्र ५ हजार ७ सय ६४ कामदार अफगानस्तान गएका छन् ।यस्तै, ६८/६९ पछि पनि २ हजार ८ सय ८५ जना कामदार अफगान पुगेका छन् । यो सरकारसँग भएको तथ्याङ्क मात्र हो । व्यक्तिगत रुपमा जानेको संख्या पनि त्यो भन्दा कम नरहेको अनुमान छ ।

भारत लगायतका मुलुक भएर जानेको संख्या अझ बढी भएको सरकारी अधिकारीको अनुमान छ । सुरक्षाको चुनौती भएपनि अफगानस्तानमा राम्रो कमाई रहेकाले नेपाली कामदार वढी आकर्षित हुने गरेका हुन् । सोही कारण पछिल्लो समय संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा जानेको संख्यामा वढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्ष ७२÷७३ चैतसम्ममा एक हजार ७७ जना नेपाली रोजगारीको खोजीमा अफगानस्तान गएका छन् । यो बर्ष संस्थागत रुपमा १ सय ५८ र व्यक्तिगत रुपमा ९ सय १९ जना कामदार गएका छन् । यस्तै, अघिल्लो आव ७१÷७२ को सोही अवधमिा एक हजार ८१ नेपाली त्यहाँ गएका छन् । ३ सय २७ जना संस्थागत र ७ सय ५४ जना व्यक्तिगत रुपमा रोजगारीका लागि गएका हुन् ।

यस्तै, ०७०/०७१ मा ६ सय५, ०६९/०७० मा एक सय २२, ०६८/०६९ मा ८ सय २३ जना नेपाली रोजगारकिा लागि अफगान गएका छन् । ०६७÷०६८ अघिको अवधमिा मात्र ४ हजार ९ सय ४१ जना त्यहाँ गएको पाइएको छ । सरकारले ३८ औं रोजगारदाता मुलुकका रुपमा अफगानलाई खुला गरेको थियो । पछिल्लो घटनालाई लिएर ‘रि इन्ट्री’ समेत बन्द गरेको सरकारले यसभन्दा अघि अफगानस्तानलाई रोक लगाएको थिएन ।

एक सय १० मुलुकमा नेपाली कामदारलाई रोजगारीमा जान खुला गरेपनि अहिले अफगान सहित लिविया र इराक बन्द छन् । विभागका अनुसार अव अफगान जान रि इन्ट्री दिने की नदिने भन्ने अन्योल छ । विभागकी उपसचिव रमा भट्टराई सरकारको आधिकारीक धारणा नआउनजेल कसैलाई पनि नपठाउने बताउँछिन् । ‘अहिले सम्म संस्थागत र व्यक्तिगत रुपमा त्यहाँ कामदार गएका छन्’, उनले भनिन्, ‘तर, पछिल्लो घटनापछि रि इन्ट्री पनि बन्द छ ।’ त्यहाँ अझै ८ हजार भन्दाबढी नेपाली कार्यरत रहेपनि उनीहरुलाई सुरक्षा चुनौती नभएसम्म जवर्रजस्त नफर्काउने भट्टराईले बताइन् , रोटोपाटीमा समाचार छ  ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्