Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी वैंकमा भारतीय नागरिकको भेटियो १३ हजार करोड कालोधन !

e49663c790ba1e11589e1eb829de5517

दिल्ली । भारत सरकारले विदर्श बैंकमा भारतीयद्धारा जम्मा गरेको कालोधनको ठूलो रकम फेला पारेको छ । १३ हजार करोडको कालोधन भेटिएको भारतीय मिडिया रिपोर्टमा छ । आयकर विभागले २०११ मा ४०० र २०१३ मा ७०० बैंक खाताका वारेमा सूचना पाएकोे थियो ।

मिडिया रिपोर्टका अनुसार बर्ष २०११ मा फ्रान्स सरकारले जेनेवाको एचएसवीसी बैंकमा भारतीयद्वारा जम्मा गरेको पैसाको ४०० घटनाको भारतलाई जानकारी दिएको थियो ।

यी बैंक खातामा कवि ८ हजार १ सय ८६ करोड रुपैयाँ जम्मा गरिएको थियो । यसपछि २०१३ मा इन्टरनेशलन कंजोशियम आफ यन्वेस्टिगेटिव जर्नालिष्टको बेवसाइटमा ७०० भारतीयको बैंक खातावारे खुलासा भएको थियो ।

यसमा ५ हजार करोड रुपैयाँ डिपोजिट्स गरेको पाइएको थियो । यसरी २०११ र २०१३ मा मिलेको जानकारी अनुसार भारतीय नागरिकको ११ सय खाता र १३ हजार करोड कालोधन पत्ता लागेको हो ।

सरकारी स्रोतहरुलाइ हवला दिँदै भारतीय अनलाइन पत्रिका डटकमले लेखेको छ, आयकर विभागले यसमा ५ हजार ३ सय ७७ करोड रुपैयाँको ट्याक्स लगाएको छ । यी खातावालाको ट्याक्स जम्मा गर्नका लागि ३१ मार्च २०१६ सम्मको समय सीमा दिइएको छ ।

विभागले बताए अनुसार अहिलेसम्म ६३८ खातावालाले ३ हजार ७ सय ७० करोड रुपैयाँको कालोधनलाई कर तिरेर ‘ह्वाइट मनी’ बनाएका छन् ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्