Logo
६ बैशाख २०८१, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात र खुट्टा नभएका निकको यस्ताे छ, अदभूत लभ स्टोरी !

phpThumb_generated_thumbnail5

एजेन्कोसी, लिफोर्निया । निक युजिकिक लाखौ मानिसलाई अगाडि बढाउने प्रेरणा दिएका छन् । उनले कहिले पनि हाथ र खुट्टाको महसुस गर्न पाएन्न्, किनभने जन्मदा नै यस्तै थियो उनको शरीर । त्यस्ताे विना हाथ र विना खुट्टाको जिन्दगी कस्तो होला ? के तपाईं यस्तो जिन्दगी विताउने कल्पना गर्न सक्नुहुन्छ ? शरीरमा केही कमी आउँदा वित्तिकै हामी अभाव महसुस गर्छौँ ।

निकलाई तपाईंले अफ्नो युट्युवमा मोटिभेशलन स्पीकरका रुपमा देख्नु नै भएको होला । तपाईंलाई निक मन परेको पनि होला । तर, उनको नीजि जिन्दगी धेरै चाखलाग्दो छ । निक र कायने मियाहाराको गजवको प्रेम कथा इन्टरनेटमा पढ्नु भएको पनि होला । जन्मदै हात खुट्टा नभएका निकले सायदै सोचेका थिए उनलाई यस्तो साथी मिल्नेछ, जो सँग उनी जिन्दगी विताउन सकुन । निकले एउटा भिडियो अन्तर्वार्तामा यो भनेका पनि थिए ।

१० बर्षको उमेरमा उनले एक पटक आत्महत्याको कोषिश गरेका थिए । त्यसपछि भगभावनले उनको हृदयको प्रवल तरिकाले बदलेको उनले मानेका छन् । घटनापछि उनले आफुलाई राम्रो गर्दै लगे, सकरात्मक एर्पोचको हासिल गर्दै गए । भगवानले उनी मानिसको मद्धत गर्छन कि जो चाहना राख्छ र बहादुर पनि छ । निकको कुराकानी आफ्नो प्रिंसेस कायने मियाहारासँग भयो, र पहिलो भेटमा उनीहरुले एक अर्कालाई प्रेम गर्न थाले ।

कायनेले भनेकी छिन कि, निक जस्तो भएपनि म उनलाई निकै प्रेम गर्छु । निकसँग भेटनुपूर्व कायने शारीरिक सन्तुुष्टिका लागि कुनै अरु पुरुषसँग डेटिङमा जान्थिन । उनले भनेकी छिन्, ‘जव मैले निकलाई भेटे, उनीसँग मलाई चाहिने सवै पाएँ । निक व्याई फ्रेन्ड मात्र होइन, पति बन्न लायक छन् ।’

कायना र निकको कुराकानी २००८ मा भएको थियो । कायने निकको उदारताबाट प्रभावित भएकी थिइन । उनका लागि निक हैण्डसम र परफेक्ट छन् । यो जोडीले आफ्नो यस्तो अनुभव पनि सेयर गरेका छन् कि निकले नै विवाहका लागि कायनेसँग प्रस्ताव गरेका थिए ।

कतिपय मानिसहरुले प्रश्न गर्छन कि, निकले कसरी कायनेलाई औठी लगाइदिएका होलान ? तर, निकले भिन्दै परिचयसहित यो समस्या हल गरिदिए । निकले मुखले नै कायनेलाई औठी लगाइदिएका थिए । त्यसपछि निकले भनेका थिए, ‘बेवी, आइ लभ यू ।’, के तिमीले मसँग विवाह गर्छौ ?’ यो सुनेर कायनेको आखाबाट आसु झरेका थिए ।

कतिपय मानिसहरु यो जोडीले कसरी अन्तरंग सम्बन्ध बनाउँछन् भनेर चासो दिने गरेका छन् । निकले भनेका छन्, यसमा हामीलाई कुनै समस्या छैन । हामी धेरै नै माया गर्छौँ । कायने हल्का मुस्कुराउँदै भन्छिन्, ‘निकसँग हरेक चिज छ, जुन मलाई खाँचो छ ।’ विवाहपछि उनीहरु साउ कोलिफोर्नियास्थित आफ्नो घरमा बस्दै आएका छन् ।

निकले आफ्नो लेखन र मोटिभेसनल भाषणामा आफ्नो ध्यान लगाएका छन् । कायनेले घर सम्माल्ने निर्णय गरेकी छिन् । हुन त दुवैको जिन्दगीमा केही कठिनाई पनि आउँछन्, तर, पनि उनीहरु आफ्नो बलियो प्रेमबाटै यसलाई हल गर्दै आएका छन् । कायनले दुई बच्चा जन्माएपछि यो जोडी थप खुसी भएको छ ।

निक अष्ट्रेलियको मेलबर्न शहरमा जन्मेका थिए । तर, अहिले उनी अमेरिकामा बस्छन् । निक जव जन्मेका थिए, तेत्रा एमेलियाको सिंड्रोमबाट पडित भएका थिए । यो रोग निकै मानिसमा देखिन्छ । निक ३२ बर्षका भए । उनले किताव पनि लेखेका छन् । उनको बाँयातिर सानो खुट्टाजस्तो देखिने भाग छ, जसबाट उनी शरीरलाई सन्तुलन बनाउँछन् ।

phpThumb_generated_thumbnail2

phpThumb_generated_thumbnail11

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्