Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा यसरी हुदैछ, बौद्ध धर्मको नाममा अधर्मको व्यापार !

NVM News Adharma  (1)

काठमाडौँ । बौद्ध धर्मावलम्बीको नाममा अधर्मको व्यापार गर्नेहरुलाई प्रहरीले गिरफतार गरेको छ । बौद्ध धर्मावलम्बीहरुले प्रार्थना गर्ने बेलामा वाचन गर्ने रातो रङको किताबमा गैरकानूुकी कुराको ब्यपार गर्ने गिरोहलाई गिरफतार गरिएको हो ।

त्यसो त धार्मिक वस्तु जस्तो संवेदनशील विषयमा बढी केरकार गर्नु उपयुक्त विषयन नहुन पनि सक्छ। तर जब विशेष सुराकीका आधारमा लागू औषध नियन्त्रण ब्युरोले साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ पर्योु, तब खुल्यो धर्मको नाममा हुने गरेको अधर्म व्यापारको पोल खुलेको हो ।

रातो रङ्गको यो किताबको पानाभित्र दुई केजी चरेस लुकाइराखेको अवस्थामा फेला पर्‍यो। त्यतिमात्र होइन, इँटा आकारको स्ल्याब बनाई लुकाइराखेको अवस्थामा ३० केजी थप चरेस पनि प्रहरीले बरामद गरेको छ ।

बारा जिल्ला घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २५ वर्षका साइमन तामाङ र नुवाकोट पुर्ख्यौली घर भई हाल कपन डेरा गरी बस्ने ३७ वर्षका धनबहादुर तामाङले भारत लैजान लागेको अवस्थामा चरेस सहित प्रहरीले पक्राउ गरेको हो ।

साइमन ५ वर्षदेखि लागूऔषध कारोवारमा संलग्न रहेको प्रहरीको बयानमा खुल्न आएको छ। उनले अहिलेसम्म १९ पटक लागुऔषध ओसार प्रसार गरेको प्रहरीको भनाई छ। उनले थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने गरेको प्रहरी बताउँछ ।

धनबहादुर तामाङ भने सन् २०११ बाट कारोवारमा संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ। उनले अहिलेसम्म हल्यान्डमा दुईपटक र दिल्लीमा ३ पटक चरेसको ओसारपसार गरेको खुल्न आएको छ ।

NVM News Adharma  (2)

NVM News Adharma  (3)

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्