Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी मन्त्रीले सानेपाको कटेजमा यसरी दिए रक्सी पाटी !

maao mantri

काठमाडौं । व्यवस्थापिका संसदबाट शिक्षा ऐन पारित हुने बित्तिकै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बधाई दिनेको घुइँचो लागेको थियो ।

गत जेठ २२ गते ऐन पास भएको भोलिपल्टै खुसीयालीमा शिक्षामन्त्री पोखरेलले सानेपास्थित सिद्धार्थ कलेजमा भव्य रिसेप्सन दिएका थिए ।

त्यहाँ उपस्थित हुने अधिकांशले मन्त्रीलाई बधाई मात्र होइन यसको मुख्य श्रेय मन्त्रीको भएको भन्दै अब शिक्षामा ठूलो परिवर्तन हुने अपेक्षा राखेका थिए ।

ऐन पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर नलागेपछि मन्त्री मात्र होइन शिक्षा मन्त्रालयका अधिकांश पदाधिकारी निराश देखिन थालेका छन् ।
पछिल्लो समय एमालेका सांसदहरुले ऐनमा केही परिवर्तन गर्नु पर्ने जनाउँदै सार्वजनिक रुपमा बोल्न थालेपछि प्रमाणीकरण हुने विषय शंकाको घेरामा परेको छ ।
लामो समय संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिले छलफल गरी संसदमा पेस गरेको ऐन पारित भएपछि सबै दलका सांसदहरु खुसी देखिएका थिए ।

एमालेबाटै चुनिएकी राष्ट्रपति भण्डारीलाई प्रभावमा पार्न ऐन रोक्ने चलखेल सुरु भइएको विश्लेषण गर्न थालिएको छ ।

एेनमा सरकारीमार्फत विद्यालयदेखि विश्वविद्यालसम्म सञ्चालन गर्नु पर्ने पाटोलाई हटाएर निजी गुठीमार्फत सञ्चालन गर्न पाउने व्यवस्था राखेपछि आक्रोशित भएका एमालेका केही सांसदले ऐनमा परिवर्तन गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्