Logo
१५ चैत्र २०८०, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको बहाब बढेपनि लोडसेडिङ, तीन दिनदेखि अन्धकारमा

Load sedding

पर्वत ।  विद्युत उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको पर्वतमा मनसुन शूरु भएपनि लोडसेडिङ हुन छाडेको छैन ।

केहि समय लोडसेडिङ गर्न छाडेको विद्युत प्राधिकरणले कालीगण्डकी जनविद्युत आयोजनमा खराबी आएका कारण पर्वत जिल्लामा पनि लोडसेडिङ हुन लागेको बताएको छ ।

कालीगण्डी जलविद्युत आयोजनमा विद्युत उत्पादन बन्द भएका कारण जिल्लामा लोडसेडिङ हुन पुगेकाृ प्राधिकरणका प्रमुख विजयराज रेग्मीले बताए । कालीगण्डकीमा पसेको बालुका कारण उत्पादन कार्य रोकिएको र उक्त बालुवा झिक्नसाथ लोडसेडिङ नहुने रेग्मीले बताए । लोडसेडिङ कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा उनले यकिनका साथ भन्न नसकेता पनि यो हप्ताभित्रमा लोडसेडिङ नहुने बताए ।

तीन दिनदेखि अन्धकारमा

यता ट्रान्सफमर जल्दा दुर्लुङबासी यतिबेला अन्धकारमा बस्न बाध्य भएका छन् । तीन दिनदेखि ट्रान्सफमर जलेको र मर्मतकालागि हेटौडा लगिएको प्राधिकरणले जनाएको छ । तीनदिनदेखि अन्धकारमा बस्न बाध्य दुर्लुङबासी अझै केहि दिन अन्धकारमा बस्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख रेग्मीका अनुसार १०० केभीका दुर्य वटा ट्रान्सफमर हेटौडाबाट ल्याउन तयारी भएको र दुई ठाउँमा ट्रान्सफर्मर राखी केहि दिनमानै विद्युत आपूत्र्ति गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्