Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अवरोध पछि प्रधानमन्त्री ओली बोल्नै पाएनन्, ‘ दुई लाख दिनै पर्छ’

oli

काठमाडौं, न्यूज अप्रेशन । भूकम्प पीडितलाई दुई लाख रुपैयाँ एक मुष्ट दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पनि संसद्को बैठक अवरोध गरेको छ ।

भूकम्प पीडितलाई दुई लाख नदिए सम्म व्यवस्थापिका संसद्को बैठक अवरोध गर्ने कांग्रेसको तयारी छ । कांग्रेसको अवरोध प्रधानमन्त्री ओली बोल्नै पाएनन् ।

कांग्रेसका सांसद् रामशरण महतले भूकम्पपीडितलाई एकमुष्ठ रकम दिन सरकार तयार नभएसम्म संसद् चल्न नदिने बताए ।

सांसद् महतले भूकम्पपीडितलाई घर पुनर्निर्माणका लागि विश्व बैंकबाट अनुदान प्राप्तिका लागि गत वर्ष साउन २९ मा भएको सहमतिको पुनरावलकोन गरेर भएपनि दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्ने अडान राख्दै आएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा सरकारले विश्व बैंकसँग भूकम्पपीडितको घर पुनर्निर्माणका लागि चार चरणमा ऋण दिने गरी अनुदान सम्झौता गरेको थियो ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्