Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलसगँको सहमति लत्याएर प्रधानमन्त्री ओली निर्वाचन आयोगको छलफलमा

काठमाडौ, १३ असार । सरकारले डेढवर्षभित्र तीनवटा निर्वाचन गर्न गरी ल्याएको कार्ययोजनामा दलहरुवीच एक मत बन्न नसक्दा निर्वाचन अन्यौल भए पछि निर्वाचन आयोगले भने आफूहरु निर्वाचन गराउन तयार भएर बसेको जनाएको छ ।

आज प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुवीच भएको छलफलमा आयोगले आफूहरु जहिले पनि निर्वाचन गर्न तम्तयार अवस्थामा रहेको बताएको हो । ठुला दलसगँको सहमति लत्याएर प्रधानमन्त्री ओली निर्वाचन आयोगको छलफल तिर लागेका हुन् ।

सरकारले आवश्यक ऐन पारित गराए कार्तिक अन्तिम वा मंसिरमा स्थानीय निकायको निर्वाचन गराउन सम्भव रहेको बताएको हो । छलफलपछि यादवले निर्वाचन आयोग सधै निर्वाचनकोलागि तयार रहेको भन्दै सरकारले निर्वाचनकोलागि आवश्यक कानूनहरु उपलब्ध गराए निर्वाचन गर्न सकिने स्पष्ट पारे ।

उनले स्थानीय निकायको निर्वाचन गर्ने भए स्थानीय निकाय निर्वाचन ऐन २०४८ मा संसोधन र स्थानीय तहको निर्वाचन हुने भए स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, विद्युतीय निर्वाचन सम्बन्धि ऐन र पुर्नसंरचना आयोगको प्रतिवेदन आयोगलाई उपलब्ध गराउनु पर्ने बताए ।

सरकारले सबै दलहरुसँग छलफल गरेर छिट्टै नै निर्वाचनको मिति समेत तोक्ने तयारी गरिरहेको छ । भेटवार्तामा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानूनमन्त्री अग्नी खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग र मुख्य सचिव लगायतको सहभागिता रहेको थियो । निर्वाचन आयोगको तर्फबाट कायम मुकायम प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवसहित आयूक्तहरु सहभागि थिए ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्