Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिनाअभियोग बन्दी गृहमा बालक: ‘आफू लाई कुन कसुरमा बन्दी राखिएको हो,पत्तो छैन’

Nvm News

काठमाडौं । यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दी गृहमा दिन काटिरहेका छन् । आफूलाई कुन कसुरमा बन्दी गृहमा राखिएको हो भनेर समेत यी बालकलाई पत्तो छैन ।

कपिलबस्तु तिलौराकोट १८ स्थायी घर रहेका गड्डु भनिने प्रकाश कोहार २०७१ माघ १५ गतेदेखि भक्तपुरस्थित बाल बन्दीगृहमा थुनिएका हुन् । गड्डु थुनामा रहँदा १४ वर्षका थिए । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुको २०७१ माघ १३ गतेको पत्रबाट जिल्ला प्रहरी कार्यालयले बालकलाई बुझेको देखिन्छ ।

बिना अपराध थुनामा रहेपनि खोजी गर्नलाई बाबुआमाको पत्तो नलागेपछि बालकलाई थुनामुक्ति माग गर्दै अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिए ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबारै गड्डुलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय कपलिबस्तु, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय बाल सुधार गृह भक्तपुरलाई आदेश दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्