Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतो र ठाकुरले साथ छोडेपछि उपेन्द्रले थप कार्यकर्ता मगाउदै

काठमाडौं । महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले संघीय गठबन्धनको आन्दोलनलाई असहयोग गर्न थालेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जिल्ला जिल्लाबाट थप कार्यकर्ताहरु मगाउन थालेका छन् ।

दुई दिन सिंहदरवार घेराउमा साथ दिएका तमलोपा र सद्भावना पार्टीले त्यसपछिको दिनमा असहयोग गर्दै आएपछि कार्यक्रममा कार्यकर्ताहरुको उपस्थिति कम देखिएको छ । ६ गतेदेखि उपत्यकाको १० ठाउँका लागि तय गरेको कार्यक्रममा यी दुई पार्टीका नेता तथा कार्यकर्ताहरु जान नै छाडेका छन् ।

सद्भावना पार्टीबाट फाटफुट गएपनि तमलोपाबाट कोही पनि जाँदैन । कार्यकर्ताहरु कमी हुन थालेपछि फोरम नेपालका अध्यक्ष यादवले जिल्ला जिल्लालाई सर्कुलर गरेर कार्यकर्ताहरु ल्याउन निर्देशन दिएको छ । रातोपाटी अनलाइनमा उल्लेख समाचार अनुसार काठमाडौंको आन्दोलन सफल पार्नका लागि अध्यक्ष यादवले विराटनगर, सुनसरी, सप्तरी, सिरहा, जनकपुर, रौतहट र पर्साबाट कार्यकर्ताहरु मगाएको फोरम नेपालका एक नेताले बताए ।

काठमाडौं केन्द्रीत आन्दोलन सफल पार्न उपेन्द्र यादवको लागि प्रतिष्ठाको विषय बनेको छ । उपेन्द्र यादवलाई साथ दिँदै आएका महेन्द्र राय यादव अध्यक्ष रहेका तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकले शुरुमा जति कार्यकर्ता बोलाएका थिए, त्यसैलाई नै टिकाई रहेका छन् । उनीहरुले थप कार्यकर्ता मधेशबाट मगाएको छैन ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्