Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको देशभर भेला, प्रचण्डको नेतृत्वमा हेर्डक्वाटर,प्रवक्तामा पम्फा

काठमाडौं । हालै विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रले एकताको सन्देश दिनेगरी देशब्यापी भेला भर्ने भएको छ । सोमवार बसेको केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले सो निर्णय गरेको हो ।
आगामी जेठ २० गते ३ नम्बरको एकता भेला काठमाडौमा गरेर उद्घाटन हुने भेला असार ११ गते सम्मे चल्ने केन्द्रिय सदस्य सुदर्शन बरालले बताए । जेठ २२ गते दुई नम्बरको बर्दिबासमा २४ गते चार नम्बरको पोखरामा, २६ गते ५ नम्बर प्रदेशको दाङ्गमा , २८ गते ६ नम्बरको सुर्खेतमा, असार ८ गते एक नम्बर प्रदेशको ईटहरी र असार ११ गते ७ नम्बरको धनगडीमा एकता भेला हुने छन् । त्यसका लागि हरेक प्रदेशमा एकता संयोजन समिति समेत गठन भएका छन् ।

प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेर्डक्वाटर
विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको नेतृत्वमा ९ नेता सम्मिलित हेर्डक्वाटर गठन गरेको छ । आज बसेको एमाओवादी महाधिवेशन आयोजक समितिको बैठकले ९ जनाको हेर्डक्वाटर बनाउने निर्णय गरेको हो । हेर्डक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, मात्रिका यादव, मणी थापा, जयपुरी घर्तीलगायत रहनेछन् ।

सोमबारको बैठकमा प्रचण्डले एकपदीय या बहुमतिय के मा जाने भन्नेबारे छलफलको एजेण्डा तय गरेका थिए । तर, बहुपदिय प्रणालीमा जाँदा आकांक्षी धेरै हुने र विवाद पनि सिर्जना हुन सक्ने आंकलनसहित हेर्डक्वाटर बनाइएको एक नेताले बताए । बैठकले ४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गर्नुका साथै आगामी असार चार गते राजधानीमा बृहत सभाको आयोजना गर्ने तय समेत गरेको छ ।
माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाल
नेकपा माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाललाई नियुक्ति गरिएको छ। सोमबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले भुषाललाई प्रवक्तामा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि भुषाल नेकपा क्रान्तिकारी माओवादीको प्रवक्ता थिइन् भने एकीकृत माओवादी हुँदा प्रवक्ता रहेका दिनानाथ शर्मा भने पदमुक्त भएका छन् ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्