Logo
१५ बैशाख २०८२, सोमबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०५ दिनको कार्यकाल सहित सूचना चुहिएको विषयमा छानविन समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार बजेटको सूचना चुहिएको विषयमा छानविन गर्न १०५ दिनको कार्यकाल सहित संसदीय विशेष समिति गठन भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध पारेको थियो ।  विपक्षीको माग अनुसार संसदीय विशेष समिति गठन गर्न सत्तारुढ दलहरु सहमत भएका छन् ।

यो सहमति अनुसार मंगलबारको संसद बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सांसद रमेश लेखकको नेतृत्वमा विशेष समिति गठनको प्रस्ताव गरे । जसलाई कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादीका हितराज पाण्डेले समर्थन गरेका छन् ।

प्रमुख दलहरुको सहमति अनुसार आएको प्रस्ताव संसदले सर्वसम्मतिले स्वीकृत भएको छ । कांग्रेस सांसद रमेश लेखक संयोजक रहेको समितिमा ८ सदस्य रहनेछन् । 

समितिको कार्यक्षेत्र बजेटको सूचना चुहिएकोबारे वास्तविकता पत्ता लगाउनुका साथै  विगतको अध्ययन समेत गरी भविश्यमा यस्तो हुन नदिने के कस्ता उपाय अवलम्बन गर्ने भनेर सुझाव दिने रहेको छ ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्