Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसमा रणवीरलाई दीपिका पादुकोणले दिइन सरप्राइज

मुम्बई ।  दीपिका पादुकोणले हलिउडको व्यस्तताका बाबजुद आफ्ना प्रेमी रणवीर सिंहलाई भने भुलेकी छैनन् । उनी आफ्नो हलिउड फिल्म ‘ट्रिपल एक्स स् द रिर्टन अफ जेन्डर केज’ को सुटिङपछि रणवीरसँग भेट्नका लागि पेरिस पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्रोतका अनुसार दिपिकाको गोप्य भ्रमणका विषयमा कमैलाई मात्र थाहा छ । दिपिका र रणवीर पछिल्लो समय आ–आफ्ना चलचित्रमा व्यस्त थिए । तर छुट्टी मिल्ने बित्तिकै दिपिका रणवीरलाई भेट्न पुगिन् । यसअघि दिपिकालाई भेट्न रणवीर पनि गोप्य रुपमै श्रीलंका पुगेका थिए ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्