Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ १५ मा नयाँ बजेट ल्याउन प्रस्ताव

काठमाडौं । संसद् सचिवालयले जेठ १५ मा बजेट प्रस्तुत गरी असारभित्र पारित गर्ने कार्यतालिका दलहरूसमक्ष प्रस्ताव गरेको छ ।

सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका प्रमुख सचेतकहरूसँग शुक्रबार गरेको छलफलमा नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि बजेट पारित गर्ने कार्यतालिका प्रस्ताव गरेकी हुन्।

वैशाख २१ सुरु हुन लागेको संसद् अधिवेशनमा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सचिवालयका तर्फबाट कार्यतालिका आएको छ, त्यसलाई आइतबार टुंगोमा पुर्‍याउने कुरा भएको छ, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने।

सचिवालयले वैशाख २३ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम संसद्मा वाचन गर्ने, २७ गते धन्यवाद प्रस्तावसहित त्यसलाई पारित गर्ने र २८ देखि वैशाख ३१ सम्म संसद्मा प्रिबजेट छलफल गर्ने कार्यतालिका बनाएको छ।

जेठ १५ मा बजेट प्रस्तुत गरी असारभित्र बजेट पारित गर्न सचिवालयको प्रस्ताव छ। असारमा बजेट पारित नहुँदा बजेट कार्यान्वयनमा समस्या हुने भन्दै सचिवालयले असारभित्रै पारित गर्ने कार्यतालिका बनाएको हो।

सरकारले आन्तरिक छलफल गरी सचिवालयको प्रस्तावबारे निर्णय लिने जानकारी दिएको सचिवालयका एक उच्च अधिकारीले बताए। 

त्यस विषयमा निर्णय लिन आइतबार पनि प्रमुख सचेतकहरूसँग सभामुखले बैठक गर्ने सचिवालयले जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्