Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, राष्ट्रपति भण्डारीको भारत भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी २७ गते भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । भारत सरकारको निमन्त्रणामा २७ गतेदेखि हुने राष्ट्रपतिको भ्रमण कार्यक्रम सोमबार बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्दैछ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपति भण्डारी एक साता भारतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।

​राष्ट्रपतिले २८ गते भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग द्वीपक्षीय भेटघाट गर्नेछिन् । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजसँग पनि उनको भेटवार्ता हुनेछ ।

त्यसपछि राष्ट्रपति भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानको आयोजनामा उज्जैनमा हुन लागेको तीन दिने महिला सशक्तिकरण, पर्यावरण र ग्रामीण विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जानकारी दिए ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्