Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक फोरमका कार्यकर्ताहरु जढेको बस दुर्घटना

राजविराज । बिराटनगर स्थित महाधिवेशनमा भाग लिन जादै गरेका मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का कार्यकर्ताहरु चढेको बस दुर्घटनामा परेको छ । 
बस दुर्घटनामा ३२ जना कार्यकर्ताहरु घाइते भएका छन् ।  महाधिवेशनमा सहभागी हुन धनगढीबाट हिँडेको बस सोमबार विहान दुर्घटना भएको हो । 
सप्तरीका पत्रकार श्यामसुन्दरका अनुसार बिराटनगरतर्फ गइरहेको ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ९ बजेको समयमा दुर्घटना भएको हो ।
बसमा सवार घाइते यात्रुहरुको ठेलियास्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भीर घाइते भएका छन् ।
उनीहरुको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगरस्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
उनका अनुसार सडकमा आएको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्