Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेल पत्रकारको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्चले मञ्चका सदस्य एवं गोर्खापत्र दैनिकका खेल पत्रकार स्व। सुमन भोम्जनको सम्झनामा आइतबार श्रद्धाञ्जली सभा आयोजना ग¥यो । कार्यक्रममा स्व. भोम्जनको आत्माको चिर शान्तिको कामनासहित १ मिनेट मौन धारण गरिएको थियो । 
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)  का उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाल, विभिन्न राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, पत्रकारलगायतले स्व। भोम्जनको तस्वीरमा पुष्प गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गत बैशाख १२ गतेको भूकम्पमा परि भोम्जनले अल्पायुमै ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्