आयो ‘द वीनर’ को गीत यस्तो छ भिडियो !
हिक्मत बिष्टद्वारा निर्देर्शित चलचित्र ‘द विनर’को राजधानीमा एक कार्यक्रमबिच फस्टलुक र गीत सार्वजनिक गरिएको छ । चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा चलचित्रको ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्बजनिक गरिएको हो ।
सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर छ । गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले प्रसंशा गरे ।