Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओबामाले डोनाल्ड ट्रम्पको मजाक उडाएपछि

काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले हृवाइट हाउसमा पत्रकारहरुका लागि आफ्नो कार्यकालको अन्तिम रात्रीभोजमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको मजाक उडाएका छन् ।
ओबामाले भने, ‘अर्को बर्ष यो स्थानमा अन्य कोही हुनेछ । (हाँस्दै)के कसैले भन्न सक्छ यहाँ अब को हुनेछ ?
आफ्नो कार्यकालको आठौं तथा अन्तिम रात्रिभोजमा ओवामाले आफू स्वयंममाथि, आफ्ना विरोधीहरु र सहयोगीहरुमाथि पनि चुट्किला बनाएर खुव रमाइलो गरे ।
राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकन पार्टीमा चलिरहेको दौडधुपबारे टिप्पणी गर्दै ओबामाले भने(‘आठ बर्ष पहिला मैले भनेको थिएँ कि राजनीतिमा परिवर्तनको समय आएको छ । अहिले यसो पछाडि फर्केर हेर्छु त यसबारेमा म अझै प्रष्ट हुनुपर्थ्यो ।
रिपब्लिकन पार्टीको उम्मेदवारी दौडबारे फेरि व्यंग्य गर्दै ओबामा बोले(‘रिपब्लिकन पार्टीका हर्ताकर्ता (ट्रम्प० अजीव कुरा गर्छन् । उनी पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्ने प्रवल संभावना छ तर, पार्टीका अन्य नेताहरुका अनुसार उनमा विदेश नीतिका अनुभव छैन । न्यायपूर्ण कुरा चाहीँ यो छ कि उनले बितेका कयौं बर्षहरुमा विश्वका थुपै नेताहरुसँग भेट गरेका छन् । 
आफ्नो भाषणको अन्यतिर ओवामाले निक्कै नाटकीय रुपमा माइक खसालेर भने(‘ओबामा आउट ।’ त्यसपछि त्यहाँ रहेका सबैले उठेर उनको प्रस्तुतिको सराहना गरेका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्