Logo
१५ चैत्र २०८०, बिहीबार
(May 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई छक्याउँदै अदालतमा डनहरुको चलखेल


काठमाडौं । मोष्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् ।
अपहरण मुद्दामा फरार रहेका लामा भूमिगत रुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्धको मुद्दा मिलाउन सक्रिय छन् ।
भूमिगत रुपमा डनहरुको सक्रियता देखेर आम नागरिक चिनितत हुन थालेका छन् ।  गत ११ चैतमा उनी गोप्य रुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् ।
अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् । दृष्टिका अनुसार लेनदेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धक बनाई जर्बजस्ती कागज गरेको घटनामा लामा फरार छन् । कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्नसक्ने डरले उनी विदेश भागेका थिए ।
तर पछिल्लो समय उनी विजयकुमार गच्छेदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् । कुमार घैंटेको इन्काउन्टरपछि अधिकांश समय भने उनी दुबईमा भागेका थिए । लामा मात्र होइन सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविद्धको सम्पत्ति शुद्धिकरण मुद्दाको पेशी पटक पटक सर्दै आएको छ ।
अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसकेपनि उनीहरुको पेशी दुई महिनायता सरेको स¥यै छ । ५ गुण्डा नाइकेविरुद्ध मुद्दा दायर भएको करिब ३ वर्ष भइसकेको छ । सम्पति शुद्धिकरण अनुसन्धन विभागले गणेश लामासहित, परशुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे ९राजिव गुरुङ० र चक्रे मिलन ९मिलन गुरुङ० विरुद्ध मुद्दा दायर गरेको थियो ।
अदालतमा सबै प्रक्रिया पुरा भइसकेपनि मुद्दाको पेशी सर्दै आएको छ । सामान्यता एक पक्षले २ पटक भन्दा धेरै पेशी सार्न नपाउने अदालती नियम छ । तर पनि अनेक बहाना देखाएर डनको वकिलहरुले पेशी सार्दै आएका छन् । 
गणेश लामासँग २७ करोड १ लाख ६१ हजार, मनाङेसँग १४ करोड ७३ लाख ३१ हजार, बस्नेतसँग ११ करोड ७ लाख १७ हजार तथा गिरीसँग २ करोड ९४ लाख ४६ हजार अवैध सम्पत्ति रहेको दाबीसहित २०७० जेठ ५ गते मुद्दा दायर भएको थियो । सबै डनहरु धरौटी राखेर छुटेका थिए ।
डनका श्रीमती तथा परिविारका अन्य सदस्यहरुविरुद्ध समेत मुद्दा दायर भएको थियो । ५ डनमध्ये गिरीबाहेक अरु सबै जेल बाहिरै छन् । गिरी भने आफ्नै प्रेमिका प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी अपहरण गरेको घटनामा प्रेमिकासहित जेलमा छन् । सबै डनहरुले वरिष्ठ अधिवक्ताहरुलाई आफ्नो कानुनी सल्लाहकार नियुक्त गरेका छन् ।
उनीहरुको सबै सम्पत्ति रोक्का भएपनि सुविधासम्पन्न जीवनशैली छ । महंगा गाडी र भव्य घरमा उनीहरु बस्दै आएका छन् । गुण्डागर्दीबाटै उनीहरुले करोडौं कमाएको दाबीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर नभएका डनहरु भने सम्पत्ति शुद्धिकरण विभागमै सेटिङ मिलाउन थालेका छन् । 

प्रकाशित मिति: May 4, 2016

प्रतिक्रिया दिनुहोस्