आन्दोलन छोडी मधेशी दलहरु एकाएक सरकार फेर्ने खेलमा
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारलाई बिघटन गराई नयाँ सरकार बनाउन नेपाली कांग्रेस र मधेशी मोर्चा सहमत भएका छन् ।
संसद भनव नयाँ बानेश्वरमा बसेको कांग्रेस र मोर्चाको बैठकले वर्तमान सरकारले जनताको पक्षमा कुनै काम नगरेको निष्कर्ष निकाल्दै सरकार बिघटन गराउनमा सहमति गरेको हो ।
बर्तमान सरकारले सत्तामा बसेर कालाबजारीलाई प्रोत्साहन गरेको र भ्रष्टाचारमा लिप्त भएको दावी गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकपछि भने उपस्थित संचारकर्मीसग भने ‘यो सरकारलाई एक मिनेटपनी टिक्न दिँदैनौं ।’
बैठकमा सहभागी कांग्रेसका अर्का नेता विमलेन्द्र निधीले एमाओवादीले सरकारप्रति असन्तुष्टि जनाएकोले नयाँ सरकार बन्ने अवथा आएमा कसरी अगाडी बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।
माओवादीले समर्थन फिर्ता लिएमा नयाँ सकार बनाउने जानकारी दिँदै निधीले भने, ‘नयाँ सरकार कस्को नेतृत्वमा बन्ने भन्नेबारे छलफ भएन, त्यसका लागी पहिले एमाओवादीले समर्थन फिर्ता लिनुपर्छ ।
त्यस्तै कांग्रेस–मोर्चा बैठकमा सहभागी सदभावना अध्यक्ष राजेन्द्र महतोका अनुसार नेपाली कांग्रेसले सरकार परिवर्तनको कुरा उठाएको थियो । ‘कांग्रेसले सरकार परिवर्तनको कुरा उठाएको छ’ महतोले भने, ‘यो सरकारले काम नगरेको र मान्छे मारेको कुरामा हामी सहमत छौं, हामीले मधेश समस्या समाधानका लागी कांग्रेसको दृष्टिकोण माग गर्यौं ।’