Logo
१० बैशाख २०८२, बुधबार
(May 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली पनि के कम सरकार ढाल्ने निर्णय आएपछि बोलाए सत्ताधारी दलको बैठक


काठमाडौं । एमाओवादीले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहन नसक्ने भन्दै आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको केहि घण्टापछि प्रधानमन्त्री केपी ओलीले सत्ताधारी दलको बैठक आह्वान गरेका छन् । 
प्रधानमन्त्रीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बालुवाटारमा साँझ ६ बजेको लागि सत्ताधारी दलको बैठक आह्वान गरेको एमालेका एक नेताले जानकारी दिए ।
बैठकमा एमाओवादीको समेत सहभागिता रहने भएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुको पनि बैठकमा सहभागिता बताए । 

प्रकाशित मिति: May 4, 2016

प्रतिक्रिया दिनुहोस्