Logo
८ बैशाख २०८१, शनिबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनका सहितको यथास्थिती बुझने साइकलयात्री सम्मानित


जलेश्वर । मधेश आन्दोलनको क्रममा शहादत दिएका शहिद परिवारहरुको स्थिती वुझन साइकल यात्रामा निस्किएका तराई मानवअधिकार रक्षक सञ्जाल थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिवेन्द्रकुमार दासलाई बिहीबार महोत्तरीमा स्वागत सहित सम्मान गरिएको छ । 
पूर्वाञ्चलको विराटनगरबाट दुईहप्ता पहिला यात्रा शुरु गर्नुभएका साईकल यात्री दास ७ जिल्लाको यात्रापछि महोत्तरी आईपुगेका हुन । सो क्रममा उनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीका १७ जना शहिद परिवारसंग भेटधाट गरी जलेश्वर आईपुगेका हुन । 
जलेश्वरमा शान्ति र विकासको लागि युवा सञ्जाल र युवा सुचना केन्द्र महोत्तरीले संयुक्त रुपमा दोसल्ला, माला र अबिर लगाई साईकल यात्री दासलाई सम्मान गरेको हो । युवा सञ्जालका सूचना प्रमुख सत्येन्द्र यादवले एक कार्यक्रम गरी उनलाई सम्मान गर्नुभएको हो । त्यसैगरी थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्णलाई पनि सोही कार्यक्रममा मधेश आन्दोलनमा थर्ड एलायन्सले पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । 
सम्मान समारोहमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष दशरथ भण्डारीले मधेश आन्दोलनमा सुरक्षाकर्मीले मानवअधिकारको घोर उल्लंघन गरेको बताउनुहुदै पिडित परिवारको घाउमा मलम लगाउन हिडनु भएका साईकल यात्री दासको कार्यको उच्च प्रशंसा गरे । उनले मधेश आन्दोलनका शहिद परिवारलाई सबैतर्फबाट उपेक्षा भइरहेको समयमा थर्ड एलायन्सका प्रतिनिधिहरु तथा मानवअधिकार दासले साईकल यात्रा गरी घर घर पुगेर पिडित परिवारसंग भेटधाट गर्नु राम्रो रहेको बताए । 
युवा सञ्जालका सूचना अधिकृत सत्येन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा साईकल यात्री शिवेन्द्रकुमार दास, नैन्हीका गाविस सचिव राजेशकुमार शर्मा, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्ण, उनीसंगै थर्ड एलायन्स महोत्तरीका प्रतिनिधि नागेन्द्रकुमार कर्णले आफ्नो मन्तव्य राखेका थिए । 
यो भन्दा अगाडी जलेश्वरनाथ महादेव परिसरमै पुगेर नागरिक समाजका राकेशप्रसाद चौधरीसहित मोर्चासम्बद्ध युवाहरुले साईकल यात्री दासलाई स्वागतसहित सम्मान गरेका थिए ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्