Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको राजनीतिक घटनाक्रमलाई हामि नजिकबाट हेरिरहेका छौंः भारत

काठमाडौं । छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ ।

नेपालमा सरकार परिवर्तनबारे भइरहेको कसरतबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार पत्रकारसँग भने, ‘यो नेपालको आन्तरिक मामला हो । मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन ।

तर नेपालको निकट मित्र भएकाले हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

एनेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनेबारे बुधबार कांग्रेस र एमाओवादीबीच नयाँ सत्ता गठबन्धनको समझदारी भए पनि नाटकीय रुपमा बिहीबार सरकार परिवर्तनको विषयबाट एमाओवादी पछि हटेको सन्दर्भमा भारतीय पत्रकारले राखेको प्रश्नमा प्रवक्ता स्वरुपले त्यस्तो बताएका हुन् ।

उनले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्नत्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने विषयमा कुनै तयारी नरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्